काठमाडौं महानगरले सञ्चालन गर्यो स्वाब संकलन मोवाइल भ्यान ,अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वाब संकलन गरिने

  काठमाडौं । काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर […]

कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी

  काठमाडौँ। कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज उक्त औषधि अध्यादेश जारी गर्नु भएको हो । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयात सहजताका लागि कानुनि समस्या नहोस् भन्ने उदेश्यले सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति […]

देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]

कोरोनाको निशुल्क उपचार र परीक्षण सरकारी अस्पताल तथा प्रयोग शालामा मात्र हुने मन्त्रालयले निकाल्यो यस्तो सुचना

  कार्तिक २८ काठमाण्डौं । ब्यापक जनदबाब पछि सर्वोच्च अदालतको आदेशलाइ मान्न बाध्य भएको सरकारले कोरोनाको उपचार र परीक्षण निशुल्क गर्ने भनेको छ । तर जनताले यो सुविधा सरकारी अस्पताल , प्रयोगशाला र ल्याबबात मात्र पाउने भएको छ । स्वासथ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुले मात्र परीक्षण तथा […]

बुधवार थपिए २५६९ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण […]

बुधबार ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १८७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख […]

कोरोनाबाट पूर्व सभामुख महरापत्नीको नर्भिक अस्पतालमा निधन

काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या […]

मंगलबार ३११४ जना संक्रमित भेटिए, उपत्यकामा १६६८

काठमाडौं, १८ कार्तिक । मंगलबार ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १११६६ जनाको नमूना परिक्षण गर्दा १८६७ पुरुष र १२४७ महिला गरी ३१४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि झै मंगलबार पनि सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । उपत्यकामा मंगलबार १६६८ जना […]

बन्यो सास सुँघेर कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि

काठमाडौं । वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको […]

युरोपमा फेरि सल्कियो कोरोनाको आगो, कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो युरोपमा

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली […]