४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगले भित्रिएका तथा […]

संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकमा दिएको मन्तव्य

महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो। मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो।म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ। जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ। र यो यात्रा पनि कुनै अपवाद होइन। विगत केही दिनमा मैले देखेका […]

मेसीले जिते आठौं पटक किर्तिमानी बालोन डे’ओर अवार्ड

काठमाडौं । लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जित्दै आफ्नै रेकर्ड तोडेका छन् । हाल अमेरिकी फुटबल क्लब इन्टर मायमीमा आवद्ध भई व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेसीले यसअघि सातौपटक बालोन डेओर अवार्ड जित्दै सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी भएका थिए । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन सफल नेतृत्व गरेका मेसीले यसपटक […]

दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना

बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई बनमालाहरुले […]

अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीलाई ठग्दै हिड्ने एकजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिडेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त आरोपमा मोहन कोइरालालाई पक्राउ गरेको हो । चितवन घर भई नेपालगञ्ज बस्ने कोइरालाले सरकारी कार्यालयका प्रमुखहरुलाई नै अख्तियारको कर्मचारी भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीको भनाइ छ । बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ […]

धानको बोरा मुनि लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो । बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको  ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त […]

मध्यपुर अस्पतालमा एमआरआई

भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघि बाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवार बाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका […]

दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने इभी नालीमा खस्दा एकको निधन

बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् ।                                                              […]

उपप्रधान एवं रक्षामन्त्रीले गरे संविधान हल्लाउने प्रयास भइरहेको खुलासा

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु हरण गर्न संविधानलाई हल्लाउने प्रयास भइरहेको खुलासा गरेका छन् । संविधान निर्माण पछि सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसक्दा संविधान हल्लाउने प्रयास भइरहेको उनले खुलासा गरेका हुन् । नेपाली काँग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागको आयोजना र भक्तपुर शाखाको व्यवस्थापनमा भक्तपुरको […]

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : स्वकीय सचिव मल्ल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो । मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका हुन् । निजी चिकित्सक डा. युवराज […]