६४ जिल्लामा नौ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन्। मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, […]

४३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ । यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार […]

विश्वमा एकैदिन १२ हजार ५३१ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ । संक्रमित १६ लाख ४० हजार ५२६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ […]

पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क दिइने

एजेन्सी । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच […]

२४ घन्टामा १३०४ जनामा कोरोना संक्रमण, २०७३ डिस्चार्ज, २१ को मृत्यु

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ। आद देशभर सक्रिय संक्रमितको […]

२४ घन्टामा ९९११ नमूना परिक्षण हुँदा १४७४ नयाँ संक्रमित भेटिए

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो […]

आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

काठमाडौँ । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ। काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ । संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो […]

देशभर ४०३ अस्पताल एकैसाथ शिलान्यास गरिँदै

काठमाडौँ । आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा […]