युट्युबर साम्राज्ञी !

  काठमाडौं, ११ माघ । एक समय युट्युब भनेपछि नाक खुम्च्याउँथे कलाकार । युट्युबमा अन्तर्वार्ता दिन पर्छ भनेर कतिपय कलाकार कार्यक्रमबाट सुटुक्क भाग्थे । अहिले भने धेरै कलाकार आफैले युट्युब च्यानल चलाउन थालेका छन् ।   हिट, फ्लप, नयाँ र पुराना धेरै कलाकारको आ–आफ्नै युट्युब रहेको देख्न सकिन्छ । यो भिडमा पछिल्लो समयकी हिट अभिनेत्री […]

कहिले बिहे गर्दै छिन् रेखा थापा?

काठमाडौं, १० माघ । नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन्। त्यसयता मित्रपार्कस्थित अपार्टमेन्टमा बसिरहेकी रेखा स्वयंले आफू अर्को घरजम गर्ने तयारीमा रहेको जानकारी यसअगाडि नै सार्वजनिक गरिसकेकी छन्। तर उनले आफ्नो बिहे आउने वर्ष हुने मात्र […]

प्रियंकालाई तसलिमाको प्रश्न : रेडिमेड बेबीको कस्तो महसुस हुँदैछ ?

काठमाडौं, १० माघ । बलिउड अभिनेत्री प्रियंका चोपडा सेरोगेसी मार्फत आमा बनिन्। प्रियंकाको यो खुशीमा धेरैले बधाई दिइरहेका छन्। उनका धेरै प्रसंशक उनीसँगै खुशी भैरहेका छन्। मनाइरहेका छन्। कतिपयले भने उनीमाथि प्रश्न पनि उठाउन सुरु गरेका छन्। भारतीय चर्चित लेखिका तसलिमा नसरिन पनि प्रियंकाको यो खुशीमा खुशी हुन सकिनन्। उनले सामाजिक सञ्जाल मार्फत सेरोगेसी मार्फत […]

ट्रेन्डिङमा स्वस्तिमा खड्काको हिन्दी आइटम गीत ‘रंग–बिरंगी’ (भिडिओ)

काठमाडौं, १० माघ । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत युट्युब ट्रेन्डिङमा परेको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। शनिबार साँझतिर सार्वजनिक भएको गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर ४ मा […]

भिड्दै छन् रामचरण–एनटिआर, अक्षय कुमार र रणवीर कपुर!

काठमाडौ, १० माघ । बलिउड बक्स अफिसमा फिल्महरू जुध्नु सामान्य हो। झन् कोरोना महामारीका कारण हलहरू बन्द भएपछि फिल्महरूको रिलिज मिति सरेको सर्‍यै छ। यस्तोमा फिल्महरू थुप्रिँदै गएका छन्। मिति सार्दै गए पनि धेरै समय फिल्म रोकिराख्दा व्यवसायमा असर पर्ने देखिएर अर्को फिल्मसँग भिड्नुपर्ने बाध्यता हुन्छ। बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेका दुई ठूला […]

भोजपुरी स्टार निरहूआसँग फिल्म खेल्दै शिल्पा

काठमाडौं, १० माघ । अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् । सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत […]

विराट र अनुष्काले छोरीको फोटो भाइरल भएपछि के भने ?

काठमाडौं, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी वामिकाको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलिएको तेस्रो वानडेमा अनुष्का वामिका देखिएका थिए । तस्बिरको विषयमा अब बिराट कोहली र अनुष्का शर्माले सोसल मिडियामा प्रतिक्रिया दिएका छन् ।   अनुष्का शर्माले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफूहरुमाथि क्यामरा तेर्सिएको बारे अनभिज्ञ […]

सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना

काठमाडौं, १० माघ । स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए । अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका […]

हास्य कलाकार मनोज गजुरेललाई पुन: कोरोना संक्रमण

काठमाडौं, १० माघ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् । आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ […]

‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड

काठमाडौं, १० माघ । दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो । आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको […]