‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

ललितपुर, २२ साउन । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ […]

काठमाडौं महानगरले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालयबाटै

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालय र कर्मचारीको घरघरबाट शुरु गर्ने भएको छ । वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको छ । गुठी संस्थाले आज यहाँ आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा […]

लामो खोजपछि नासाले भेट्टायो पृथ्वीजस्तै अर्को ग्रह

काठमाडौं । पृथ्वी वाहेक अन्य ग्रहहरुमा जीवनको अस्तित्व छ वा छैन भन्ने बारे लामो खोज भइरहेका बेला अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाले पृथ्वीजस्तै अर्को ग्रह भेटाएको छ । पृथ्वीबाट ३१ लाइट वर्ष टाढा भेटिएको उक्त ग्रहमा जीवनको सम्भावना रहेको नासाले जनाएको छ । त्यसका बारे अहिले व्यापक अनुसन्धान भइरहेको छ । नासाको अनुसन्धानमा सहयोग गरिरहेको […]

ट्रम्पले चीनविरुद्ध गरेको निर्णयले अमेरिकी कम्पनी एप्पल सबैभन्दा बढी मारमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाउने घोषणा गरेको १० प्रतिशत सीमा शुल्क (टेरिफ) का कारण आइफोन निर्माता कम्पनी एप्पललाई ठूलो नोक्सानी हुने देखिएको छ । राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर १ देखि लागु हुने गरी अमेरिका आयात हुने बसै चिनियाँ सामानमा १० प्रतिशत सीमा शुल्क थप गर्ने घोषणा गरेका हुन् । चीनसँगको व्यापार […]

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौँ, १५ साउन । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा […]

चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

जाजरकोट, १० साउन । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।   […]

अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै पैसा तिर्न सकिने

९ साउन, काठमाडौं । अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै भुक्तानी गर्न पाइने भएको छ । यस अघि विदेशी एकाउन्टबाट मात्रै भुक्तानी गर्न पाइन्थो । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको हो । मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ। सामाजिक सञ्जाल तथा […]

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

९ साउन, एजेन्सी । व्यक्तिका गोपनीयता हिनामिना गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गरिएको छ । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता […]

इन्टरनेटको मूल्य वृद्धि फिर्ता हुने

काठमाडौँ । इन्टरनेट महशुलमा भएको मूल्यवृद्धि फिर्ता भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरूको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेकाले मूल्यवृद्धि फिर्ता हुने भएको हो । नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै मन्त्रिपरिषद्ले इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरेको हो । राजपत्रमा सूचना प्रकाशित […]

अब छिट्टै चन्द्रमामा मानव बसोबास !

एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी(हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्। यो सन् २०५० को चन्द्रमा हो। एउटा वाहन एउटा विशाल खाल्डोको […]