मेसी, नेयमार र रोनाल्डोसहित उत्कृष्ट विश्व वर्ष खेलाडीमा छानिए ३० फुटबलर

काठमाडौ, २४ असोज । वर्षको सवोत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष दिइने प्रतिष्ठित बोलोन डी’ओर अवार्डका लागि प्रारम्भिक उत्कृष्ट ३० खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरिएको छ। फ्रेन्च फुटबलले प्रदान गर्ने यस अवार्डमा टोट्नह्यामका स्ट्राइकर ह्यारी केनले क्रिस्टियानो रोनाल्डो, नेमार, लिओनल मेस्सी सम्मेलित मनोनयनको सुचीमा स्थान बनाएका छन्। अवार्डका लागि प्रिमियर लिगबाट परेका ७ खेलाडीमध्ये फिलिप्पे काउटिन्हो, साडियो […]

स्याललाई हानेको गोली मानिसलाई लागेपछि

सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]

शारीरिक सुगठनमा नेपाललाई अन्तराष्ट्रिय सफलता

काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् । ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले […]

धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण माघमा

काठमाडौँ, २२ असोज । धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिए । उक्त प्रतियोगिताको मुख्य प्रायोजन विजय डिस्टिलरीको रुस्लानले गरेको छ । एक […]

विप्लव चंगा चेटमा च्याम्पियन

काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन

काठमाडौं, १० असोज । इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार भएको उक्त प्रतियोगिताका नेपालले सर्वाधिक १९ स्वर्ण जितेको हो । नेपालले १६ रजत र ४२ कांस्यपदक पनि हात पार्न सफल भयो । राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय मार्सल आर्ट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा भारतले तीन स्वर्ण, छ […]

१३ औं सागमा २५ खेल समावेश गरिने

काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, […]

भुटानमा पुगेर नेपाली युवाले हराए बंगलादेशलाई

काठमाडौँ, ९ असोज । भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका […]

उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले उचाल्यो

काठमाडौँ, ८ असोज । प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले जितेको छ । ललितपुरको थैबस्थित सुइरेमा भएको सो प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ थैब टिम च्याम्पियन बनेको हो । नेपाल सितोरियो कराते सङ्घ भारदेउले आयोजना गरेको उक्त प्रतियोगितामा शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यपदकसहित दोस्रो […]

तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

इटहरी, ६ असोज । तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त […]