पूर्व शिक्षामन्त्री चित्रलेखा यादवमाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप

भक्तपुर, ५ चैत । पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि आरोप लागेको हो । नेपाली काँग्रेसमा शेरबहादुर देउवा निकट नेत्री यादव पूर्व उपसभामुख समेत हुन् । भद्र र शालीन व्यक्तित्व भएकी देखिने उनलाई यस्तो गम्भिर […]

विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु

काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]

(कोभिड–१९ ) को संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको […]

चितुवाले घिसार्दै तनहुँको जंगल लाँदै गर्दा इन्दिराले लडेर बचाइन छोरी

तनहुँ, ५ चैत । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्‍याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले […]

भूमिसँग जोडिएका सबै समस्या समाधान गर्न सरकार गम्भीर छ: पद्‌मा अर्याल

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्‍नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्‌मा अर्यालले भूमि सम्बन्धि सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाइ रहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए। उनले सुकुम्बासी, […]

७० नाघेका वृद्ध दम्पती अशक्त छोराछोरीलाई कटेरामा राखी स्याहार गर्दै

गौशाला, ४ फागुन । भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोराछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर एवं सम्मान प्रकट गर्छन् । छोराछोरी नै पूर्णरूपमा अशक्त भएपछि कसको के पो लाग्छ र रु यस्तै घटनाले पीडित छन् महोत्तरीका एक वृद्ध दम्पती । […]

द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु

भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]

(कोभिड–१९)संक्रमित र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।अस्पताल बनाउनका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए […]

(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फाले लिग नरोक्ने तयारीमा

(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फा लिग नरोक्ने तयारीमा काठमाडौं, ४ चैत । विश्वभर महामारीको रुप लिएका (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा पनि परेको छ । कोरोनाका कारण ठूला ठूला खेलकुद प्रतियोगिताहरु स्थगित हुन पुगेका छन । यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्यो । हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि यसको असर […]

कोरोनाको संक्रमणको आशंकामा भरतपुरमा भर्ना भएका चारै जनाको रिर्पोटमा नेगेटिभ

चितवन, ४ फागुन । भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा भर्ना भएका चारै जनामा संक्रमण नदेखिएको बताइएको छ । पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षण गर्दा आएको रिर्पोटमा नेगेटिभ देखिएको बताइएको छ । अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा […]