नेपालमा पर्यटन उद्याेगकाे विकास कसरी ?

Nepal

नेपालभित्र गन्तव्य विस्तार नगरेसम्म बाह्य पर्यटक आकर्षित गर्न सकिँदैन भन्ने मान्यता राख्ने युवा व्यवसायीको टोलीले अहिले बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेको छ । तीमध्ये नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा एक हुन् । टे«किङसँगै आतिथ्य सेवामा पनि सक्रिय सापकोटा आउटडोर हिमालयन टे«क्सका सञ्चालक हुन् । सरकारले ०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने घोषणा […]

नेपालमा आइएनजिओ : कति सहयोग, कति बोझ ?

आलेखको सुरुवात वर्तमान संविधानको धारा ५१ को ‘ञ’ को १४ नम्बर बुँदाबाट सुरु गरौँ । उक्त बुँदामा भनिएको छ– ‘सामुदायिक तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै त्यस्ता संस्थाको स्थापना, स्वीकृति, सञ्चालन, नियमन र व्यवस्थापनका लागि एकद्वार प्रणाली बनाइनेछ र राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र त्यस्ता संस्थालाई संलग्न […]

के नेपालमा साँच्चिकै स्रोतको संकट हाे ?

water-resources in Nepal

आफूलाई प्रधानमन्त्री निर्वाचित गराइयोस् भनेर संसद्मा प्रस्ताव राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘हामीले उठाउने लक्ष्य राखेको राजस्वबाट साधारण खर्चसमेत नधानिने अवस्था छ । साधारण खर्च धान्नका लागि ५२ अर्ब रुपैयाँ ऋण लिनुपर्ने छ । अन्य काम गर्न ऋण लिनुको विकल्प छैन । मुलुकको यो अवस्था भनेको ‘ऋण लिएर घ्यु खाने’ जस्तै हो । प्रधानमन्त्री (तत्कालीन)ले […]

पुनरावलोकन गोर्खा भर्तीको पनि

Gurkhas

अघिल्लो साता काठमाडौंमा नेपाल–भारत सम्बन्धलाई निर्देशित गरिरहेका पुराना सन्धि–सम्झौतासमेतको समीक्षा गरी आवश्यक सुधारका लागि सुझाब दिन गठित संयुक्त विद्वत् समूहको पहिलो बैठक बस्यो । बैठकले समूहको कार्यसूची तय गरेको बताइएको छ । गतसाता नेपालका पत्रपत्रिकामा प्रकाशित समाचार र टिप्पणीमा नेपाल–भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिबारे निकै चर्चा र चासो देखियो । द्विपक्षीय […]

सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना […]

द फस्ट फाइभ एअर लास्ट फरेभर

सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो । हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ । यसलाई दुध खान कसले सिकायो ? मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर […]

कथा : नयाँ यात्रा

उसले हात हल्लायाे । मैले पनि हल्लाए हात ।  “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]

‘एन इभिनिङ इन लखनउ’

२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]

कथा- प्वाँले गोरु

धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ […]

स्वास्थ्य बिमाको विकल्प

नेपालको स्वास्थ्य स्थितिबारे बहस गर्दा दृष्टिकोण जोडिएर आउँछ । अर्थात् समग्र स्वास्थ्यको अवस्थाबारे विश्लेषण गर्दा दृष्टिकोण अर्थात् दर्शन जोडिनु आवश्यक पनि छ । सन् १९७० को अन्त्यतिरको दशकमा विश्व समुदायले प्राथमिक स्वास्थ्यबारे बहस गर्‍यो । लामो बहस र विश्लेषण गरेर स्विकारियो । त्यतिवेला स्वीकार गरिएको प्राथमिक स्वास्थ्य सेवा वास्तवमै सेवा दिने गफ मात्रै होइन । […]