दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक

काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]

विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु

काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]

२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्‍वारेन्टाइनमा

बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्‍चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वभर आलोचना

एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’ ट्रम्पले विश्वलाई […]

हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय

३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ । ‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली […]

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं, ३ चैत । कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ ।भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस्सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ’, […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

US president Donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनिमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका […]

भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौँ, २ चैत । भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ […]

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]

कोरोनाको त्रासबीच एफएनजे जापानको दसौं स्थापना दिवस सम्पन्न

टाेकियाे । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको दशौं स्थापना दिवस शुक्रबार मनाइएको छ । टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा दशौं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उदघाटन स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेले ‘केक’ काटेर गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूषण घिमिरेले जापानको नेपाली […]