लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्। काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो समय कोरोनाले विकराल अवस्था […]

पाल्पामा निषेधाज्ञा जारी

पाल्पा ।  सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी […]

‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

दुल्लू ।  “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि […]

सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय […]

कपिलवस्तुमा निषेधाज्ञा जारी

 जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले मंगलबार विहान ६ बजेदेखि ‘लकडाउन’ जारी गरेपनि खुल्ला सिमानाका कारण सम्भव नभएपछि कपिलवस्तुमा निषेधाज्ञा जारी गरेको हो । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा […]

भारतबाट आएकाहरु नेपालगञ्जको क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो […]

महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?

काठमाडौँ, कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ । यसले मानिसको मानसिक […]

उपत्यकासहित देशभर क्षणिक वर्षाको सम्भावना

काठमाडौं, १० चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]

कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, सामान्य खोकी लागेपछि उनले आफैं अस्पतालमा फोन गरेकी थिइन्

काठमाडाैँ १० चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ […]

हजारौँ यात्री, सयौँ सवारी साधन ओहोर दोहोर गर्ने सुनौली नाका बन्द ’ ढुवानीका गाडीहरु भने चलिरहने

बुटवल, १० चैत ।  छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो । नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक […]