लकडाउनको मौकामा मुल्य बढाएर सामान बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको […]

ओली–नेपाल समूहको छलफलमा जुटेन सहमति, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका […]

लकडाउन १० थप दिन लम्बियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार […]

एक हप्तापछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे । कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ […]

तत्काल लकडाउन खुकुलो नबनाइने, सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ ।  समितिको […]

अन्ततः गले प्रधानमन्त्री ओली, दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]

आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी

काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन। ‘यसमा […]

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी […]

रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय

काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् । मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल […]

राजधानीमा समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण

काठमाडौं, ९ बैशाख । क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष शैलेश डंगोलको पहलमा […]