विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारीको अवसर उपलब्ध गराइने छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराइने बताएका छन् । मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उनीहरुलाई उपलब्ध गराउने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा […]

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने स्पष्ट पारेका छन् । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गर्ने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने […]

कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको भन्दै नेपाल र नेपालीले यसलाई पराजित गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरु सफल भएका बताए । लकडाउनले […]

संक्रमित बढ्न थालेपछि चिलेको स्वास्थ्य सेवा ‘थेग्नै नसक्ने’ अवस्थामा

एजेन्सी । दक्षिण अमेरिकी देश चिलेमा कोरोना भाइरसको महामारीका कारण त्यहाँको स्वास्थ्य सेवा थेग्नै नसक्ने गरी दबाबमा आएको छ । चिलेका राष्ट्रपति सेबास्टियन पिनेराका अनुसार अबको केही दिनभित्रै देशको स्वास्थ्य सेवाले आफ्नो सीमा पार गर्ने बताएका छन् । राष्ट्रपति पिनेराले आइतबार भनेका छन्, ‘हामीलाई यो तथ्य थाहा छ कि हाम्रो स्वास्थ्य सेवा थेग्नै नसक्ने खालको […]

यसरी फैलिने रहेछ वास्तविकता कोरोनाभन्दा मनोवैज्ञानिक त्रासको भाइरस

कोरोना आर.डी.टी. पोजेटिभ देखिएपछि क्वारेइन्टाइनमा बस्दा रत्नकाजी महर्जनले भोगेका अनुभव –  काठमाडौँ, ११ जेठ ।  विश्वभर फैलिएको कोरोना महामारीले अहिले समग्र मानव जीवन भयभित भएकाे छ । सर्वत्र त्रास छाएको छ । महामारी फैलिनबाट राेक्न गरिएको लकडाउनले मानिसको दैनिक जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएकाे छ । काेराेनाबाट सबैभन्दा बढी प्रभावित पश्चिमा मुलुकमा भने संक्रमण केही […]

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौँ ।सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा […]

संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो […]

वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ । विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट […]

कोरोना, बिस्तारवाद भर्सेस नेपाल

यो मितिसम्ममा पचासौं लाखमा संक्रमण र झन्डै सवा तीन लाख मानिसको ज्यान लिईसकेको कोरोनाको कहरले सम्पूर्ण मानव जातिको अस्तित्व के होला भन्ने त्राहिमाममा सारा बिश्व लकडाउनमा बन्धक बनेको छ । शुरुवाती क्रममा चीनको वुहान शहरमा देखा परेको यो भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘चीनियाँ भाइरस’को संज्ञा दिंदै आइरहेका छन् भने चीनियाँ मिडियाले पनि भाइरसको जन्मदाता अमेरिका स्वयं […]

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ।सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ […]