रानीकोटगढी घ्याम्पेडाँडा पर्यटकीय आकर्षणको केन्द्र, जीपलाइनको मज्जा पनि लिन पाइने

भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित […]

भिजिट नेपाल २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी

भक्तपुर, २ पुस । ‘भिजिट नेपाल  २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट नेपाल  २०२० को उद्घाटन गर्ने योजना बनाएको छ। नेपाल ट्रष्टको स्वामित्वमा उक्त मन्दिर ट्रस्टको आग्रह पछि […]

निगमको जहाज अब जापानको नारिता र चीनको ग्वाञ्जाउ उड्ने

    मङ्सिर २९ ,काठमाडौँ । नेपाल वायुसेवा निगमले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई नयाँ गन्तव्यमा नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने निर्णय गरेको छ । निगमको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले गरेको निर्णय अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको […]

भ्रमण वर्ष २०२०, नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए । […]

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोज्दै

काठमाडौँ १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ । बोर्डले बुधबार राष्ट्रि दैनिक पत्रिका सूचना प्रकाशित गर्दै नयाँ […]

नेपालका दुई एयरलाइन्स विश्वकै ‘खतरानाक एयरलाइन्सको सूचीमा

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो । नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) […]

भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू, शुभसाईत शनिबार

भक्तपुर, १८ मङ्सिर । विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू गरिएको छ । टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लमा मात्र क्षेति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष्य प्रेमगोपल कर्माचार्यले जानकारी दिएका छन् । केहि दिनको अन्तरलमा आईरहेको परकम्पनले मन्दिरको क्षेतिलाई बढावा दिईरहेको […]

फेवातालमा १० हजार माछाका भुरा छोडियो

कास्की, ६ मङ्सिर । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा […]

सात तला र एक सय ५० कोठा भएको नेपालकै ठूलो गुफा पर्यटकको पखाईमा

मुस्ताङ, ५ मंसिर । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो। संरक्षण, प्रचार प्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । “सात वटा तला […]

विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो

चितवन, २ मङ्सिर । भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो । सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही […]