दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना […]

भारत र नेपाल दुबैतिर लकडाउन भएपछि वीरगञ्ज नाकामा सयाै अलपत्र

वीरगञ्ज । नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका सयौँ भारतीय नागरिकहरु वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका छन्। देशभर लकडाउनको घोषणा भएपछि उनीहरु नेपालका विभिन्न ठाउँबाट भारतस्थित आफनो घर फर्किन लागेका थिए। यतिबेला भारतमा पनि लकडाउन भएका कारण उनीहरु भारत छिर्न नपाएका हुन्। लकडाउनको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले भारत छिर्न नदिएपछि उनीहरु सीमा नाकामै अलपत्र परेका छन्। […]

चीन सरकारले दिएका स्वास्थ्य सामाग्री बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]

नेपाललाइ सहयोग गर्न कोरियामा उठाइयो करोडौ सहयोग, २ हजार कोरोना जाँच किट पठाउने तयारी

काठमाडौं, १५ चैत । गैर अावासीय नेपाली संघ काेरियाले नेपाललाइ कोरोनाकाे भाइरस जाँच्ने किट सहयाेग गर्ने भएकाे छ । एनअारएन काेरियाले काेराेना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स सहयाेग गर्ने जनाएकाे छ । उक्त किट खरिद गर्नका लागि एनअारएन काेरियाले काेरियामा रहेका नेपालीबाट दुई दिनमा रु एक करोड बीस लाख […]

कोभिड–१९ संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु

काठमाडौँ, १० चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा ६८ वर्षीय फिल्पिन्सका नागरिकको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज (सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित

Narendra-Modi

काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]

कोरोनाको त्रासबीच १४० वर्ष यताको ठूलो भुकम्प

एजेन्सी । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जाग्रेब शहर केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो १४० वर्ष […]

भारतमा जनता कर्फ्यु लगाउने घोषणा

एजेन्सी, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् । कर्फ्यु आगामी आइतबारदेखि […]

निर्भया सामुहिक बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड

काठमाडौं, ७ चैत । १६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका थिए ।सन् २०१२ भएको निर्भया सामुहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दिल्लीको एक जेलमा फाँसीमा […]

इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु

एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ […]