मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७-१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक […]

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो […]

यसपटक असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं । सरकारले यसपटक विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो ।  यसअघि सधै १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा […]

अब विद्यालयले एसईई लिन नपाउने

काठमाडौं । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । […]

बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट

बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् । सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ […]

कक्षा १२ मा ६९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि […]

सर्वोच्चले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु नगर्न परेको रिट खारेज गर्यो

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै […]

आङ्शिक प्राध्यापक र त्रिविबीच सहमति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ । यसरी […]

उपत्यकामा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुदै

 मंसिर  २७ ,ललितपुर। ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न छलफल भैरहेको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन् । यस अघि काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको थियो। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द […]

तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि बैतडीका शिक्षक आन्दोलित भएका छन् । बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी […]