हङकङका विषयमा नेपालले चीनको पक्ष लियो

काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न […]

जेठमा कर नतिरे जरिवाना लगाउने निर्णयबाट पछि हट्यो सरकार असार ७ गतेसम्म समय थप

काठमाडौं, २१ जेठ । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएकाे थियाे […]

एमसीसी अस्वीकार गर्न माग गर्दै सत्तारुढ दलकै विद्यार्थीसहित माइतीघरमा प्रदर्शन

काठमाडौं, २१ जेठ । लकडाउनका वावजुत माइतीघरमा बुधवार एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि घातक रहेकाे भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । बुधवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले समेत माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल […]

लोकसेवा आयोगले सुरु गर्यो परीक्षा लिने प्रक्रिया

काठमाडौंं । लाेकसेवा अायाेगले परीक्षाका प्रक्रियाहरु सुरु गर्न थालेकाे छ । कोरोनाकाे संक्रमण जोखिमका कारण यसअघि पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरिएका थिए । स्थगित कार्यक्रमहरु आयोगले पुनः सुरु गर्न थालेको हाे । आयोगको सोमबार बसेको बैठकले स्थगित प्रक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे । साेमवारकाे निर्णयबाट सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरिएको छ […]

अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटप्रति असन्तुष्टि जनाउँदै सरकारकै मन्त्रिले निकाले वक्तव्य

काठमाडाैं । सरकारले प्रस्तुत गरेकाे वजेटप्रति असन्तुष्टि जनाउँदै एक मन्त्रीले विज्ञप्ति जारी गरेका छन् । यसरी वक्तव्य जारी गरेर असन्तुष्टि जनाउँदै मन्त्री हुन शिक्षामन्त्री गिरिराजमणी पोखरेल । उनले बिहीबार सदनमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि व्यक्त गर्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्। मन्त्री पाेखरेलले अाफूलाइ थाहा नै नभएकाे कुरा अाफ्नाे मन्त्रालय अन्तगर्तकै कार्यक्रममा परेकाे […]

लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ ।  सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी […]

हङकङको विषयमा ट्रम्पले गरे चीनको चर्को आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् । उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् । यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) […]

सडकमा लाइभ दिँदै गरेका सीएनएनका तीन पत्रकारलाइ लगाइयो हतकडी

एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला पक्राउ गरेर केही बेरपछि रिहा गरेको छ । जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हतकडी […]

ट्रम्पले फेरि गरे अर्को विवादित निर्णय, विश्व स्वास्थ्य संगठनसँग सबै नाता तोडेको घोषणा

काठमाडौं, १७ जेठ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को विवादित घोषणा गरेका छन । उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका हुन् । ट्रम्प पछिल्लो समय डब्ल्यूएचओसँग निकै आक्रोशित बनेको देखिएको छ । उनले शुक्रबारको पत्रकार सम्मेलनमा डब्लूएचओमाथि आरोपको वर्षा नै […]