भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारणमा रोक

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् […]

सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा

काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]

सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ । ‘सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।’ बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ […]

सरकारसँग १२ बुँदै सहमति गरेर अनसन तोडे इनफ इज इनफका अनसनकारीले

काठमाडौँ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र […]

कांग्रेस महाधिवेशन फागुनमै हुने, कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका […]

विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]

मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ

काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो । परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको […]

माधव नेपाललाई निगरानी गर्न प्रधानमन्त्रीले सुरक्षाकर्मी परिचालन गरेको खुलासा

काठमाडौँ, २२ असार । प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा गराउने दौडमा लागेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरेको खुलेको छ । नेता नेपालको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो । पछिल्लो समय पाटीभित्र विवाद बढ्दै गएको छ । पाटीभित्रको […]

मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत

काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए । प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए […]

साँझ अबेर बालुवाटारमा मन्त्रीहरुसँग प्रधानमन्त्रीले बोलाएको बैठक सकियो

काठमाडौं, २० असार । राष्ट्रपतिसँगकाे गाेप्य भेट लगत्तै बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीसँग गरेकाे बैठक पनि सकिएकाे छ । शनिबार साँझ अबेर भएको छलफलमा के के कुरा भए भन्नेबारे भने केही बताइएकाे छैन ।  प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि छलफल सकिएको […]