अनेसासको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सन् २०२० देखि २०२२ सम्मको दुई वर्षे कार्यकालका लागि प्रकाश पौडेल ’माइला’ (जापान) को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका माइला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अनेसासको निर्वाचन कमिटीले सोमबार साँझ अनलाईनमार्फत नतिजा घोषणा गरेको हो । शुक्रबार, शनिवार र […]

भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे भारतलाई पठायो नेपालले कूटनीतिक नोट

काठमाडौं । केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको बताइएको छ। ‘न्यूनतम पेशागत मर्यादा पनि कायम […]

बोर्डरमा बिहानै गोलावारी, गोरखा घर भएका सैनिक गुरुङको मृत्यु

नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिककाे मृत्यु भएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहानै भएको गोलाबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालकाे गाेरखा घर भएका सम्वर गुरुङ रहेका छन् । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा […]

विदेशबाट फर्किए १६ हजार भन्दाबढी नेपाली

काठमाडौँ । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना […]

कोरोना विरुद्धको खोप अनुसन्धान गर्न चार हजार कोरियालीले प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरे

काठमाडौं । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उक्त चर्चका संस्थापक मान ही लीले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेको जनाएका छन् […]

हङकङका विषयमा नेपालले चीनको पक्ष लियो

काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न […]

लकडाउनमा रेल नआउने ठानी लिकमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु

काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]

कुवेतमा मात्रै ६४ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २२ वैशाख । कुवेतमा रहेका थप ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ […]

रुससँग सीमा जोडिएको चीनको सहरमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो

एजेन्सी । देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ। रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित […]

दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा

काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा […]