पन्ध्र वर्षपछि ‘प्रतिगन्ध’ उपन्यासका साथ सरुभक्त

चिप्लेढुङ्गा, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनि फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक […]

ताम्राकारको ‘अनाम परिधि’ विमोचित

विराटनगर, १२ असोज । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गरेका थिए । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गरेकन थिए । […]

दानी साहित्यकार सबै पुरस्कारको रकम संस्थालाई

बागलुङ, ११ असोज । साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आएका छन् । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार÷सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताए । उनले पहिलोपटक विसं २०४५ मा पाएको युवा वर्ष मोती पुरस्कारको रकम सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गरेका […]

लाशमाथिको ‘महाभोज’

काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]

‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा

काठमाडौंँ, ८ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको […]

वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा

विराटनगर, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन […]

निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा

अत्तरिया, २९ भदौ । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको […]

पूँजीवादको विश्लेषण गरिएको पुस्तक सार्वजनिक

भक्तपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गर्नुभएका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको […]

द्वन्द्वविज्ञ डा उप्रेतीलाई लेखन सम्मान

काठमाडौँ, २० भदौ । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित रु १० हजार राशिको उक्त सम्मान प्राप्त गर्ने उनि दोस्रो व्यक्ति हुन । गत वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त […]