राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौँं, २४ फागुन । केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ ।

अहिले उनी घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले ‍जानकारी दिए ।

Loading...