उत्तर र दक्षिण कोरियाको शिखर बैठक हुँदै, भाँड्ने प्रयासमा गर्दै अमेरिका

काठमाडौं, २४ फागुन । उत्तर र दक्षिण कोरियाबीच शिखर बैठक हुँदैछ । उच्चस्तरीय नेताहरु सहभागी हुने बैठक आगामी महिना हुने भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका हुन् ।

लामो विवादपछि हालै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आफ्ना विशेष दूतलाई उत्तर कोरिया पठाएका थिए । उक्त टोली फर्केपछि दुबै देशबीच शिखर बैठक हुने बताइएको छ ।

भ्रमणबाट दक्षिण कोरिया निकै उत्साहित भएको छ । भ्रमण टोलीसँग पहिलो पटक उत्तर कोरियाका नेता किम जोङ उनले समेत भेट गरेका थिए । भेटको क्रममा नेता उनलेसुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणु अस्त्र निर्माणको कार्यमा पनि पुनःविचार गरिने पनि बताएको जनाइएको छ ।

दुबै देशको शिखर बैठक हुने भएपछि अमेरिका त्यस बैठकलाई कुनैपनि हालतमा विथोल्ने प्रयासमा लागेको बताइन्छ । उसले पुरानो भइसकेको किम जोङ उनका सौतेनी भाई किम जोङ नामको हत्याको घटनालाई अगाडि ल्याएको छ ।

कुनै विषय नपाएर पुरानो भइसकेको हत्या प्रकरणलाई अमेरिकाले अगाडि ल्याएको छ । उसले नामको हत्या रसायनिक पदार्थद्वारा भएको बताएको छ ।

Loading...