प्रचण्डले अाफ्नै कथा सुनाउँदा मुटु छिया छिया हुन्छ भनेपछि

काठमाडौँ, २३ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले दक्षिणपन्थीसँग एकता गरेको कारणले जनयुद्ध सम्भव भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा मंगलबार नयाँ शक्तिका प्रबक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जाँदा प्रचण्डले भने- ‘अहिले देशमा धुर्बिकरण चलिरहेको छ । कम्युनिष्टहरुको धुर्बिकरण, दक्षिणपन्थीहरुको धुर्बिकरण अहिले यो बाम गठबन्धन जसरी बनेको छ । यो एउटा अवसरको रुपमा अगाडी आएको छ । अहिले पार्टी एकताको कुरा छ । त्यसमा कतिपय साथीहरुलाई के हुने हो, के हुने हो ? भन्ने लाग्न सक्छ । नयाँ कुरा आउँदा त्यसो लाग्नु स्वाभाविक हो ।’

एकता बारे नै आफ्नो धारणा राख्दै उनले अगाडी भने- ‘के हो के हो भन्ने लाग्न सक्छ तर अलि डाडोमा उभिएर हेर्नेलाई के लाग्छ भने यो हुनेवाला छ भन्ने लाग्छ । हामीले समाजवादी आधार निर्माण गर्ने कुरा गरेका छौ । समाजवाद निर्माणको लागी करोडौं मान्छेको आबस्यकता पर्छ । राष्ट्र र जनतालाई एकताबद्ध गर्ने कुरा आउछ । त्यसैले यो एकता हुन्छ ।’

कम्युनिष्ट सिद्धान्तका चिरा चिरा हेर्दा दिमाग खराब हुन्छ !

जनताले नेपालका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा आउन अनुरोध गरे सबै कम्युनिष्ट मिल्नुपर्ने प्रचण्डको भनाई छ । उनले भने, – ‘रुसमा बोल्सेभिक र मेन्सेभिकको बहस भयो एक अर्कालाई दक्षिणपन्थी, उग्रपन्थी, अराजकतावादी, व्यक्तिवादी के-के भन्नसम्म सबै भने । पार्टी फुट्यो अनि फेरी पार्टी एकता हुने भयो । पार्टीका धेरै साथीहरुले त्यस्ता दक्षिणपन्थीसंग मिल्ने ? भनेर लेलिनलाई प्रश्न गरे, तर लेलिनले दक्षिणपन्थी न सन्थी मजदुरले मिल भनि सके अब मिल्नुपर्छ भन्नुभयो नेपालमा पनि नेपाली जनताले मिल भन्यो अब मिल्ने हो ।’

अाफ्नै कथा यसरी भन्छन् प्रचण्ड

-एकै कम्युनिष्ट पार्टी भित्रै बसेर बहस गर्ने हो । यहाँ मात्रै के सब दुधले नुहाएका छन् र ? त्यसो भएको हुनाले जनताको आदेशलाई मान्नुपर्यो । हामी मास लाइनवाला हौ । जननीतिवाला हौ क्या ! जनताको आदेश एकातिर हामी अर्कोतिर हुनुभएन । मैले हाम्रा कमरेडहरुलाई भनेको छु । जनताको आदेश बिपरित जाने गल्ति नगर्नुहोला है । अहिले हामी जनयुद्ध गरेका भनेर गर्व गर्छौ । म चाही के भन्छु भने यदि हामीले दक्षिणपन्थीसँग एकता नगरेको भए र हामी संसदमा सहभागी नभएको भए जनयुद्ध नै हुदैन थियो ।

-जनयुद्ध गर्ने भनेर ४४/४५ सालमा तालिम लिइयाे । हतियार अलिकति जम्मा गरियाथियो । तर यसो हेरेको जनताजति जम्मै पंचायत बिरोधी आन्दोलन गाए । जनता जनयुद्धतिर आउने लक्षण देखिएन । हामिले एक ठाउँमा गएर चौकीमा मात्र हमला गर्यैं भने जनताले लाठो लिएर हामीलाई हान्ने खतरा देखे मैले । भएभरका जनता जतिले पंचायतबिरोधी आन्दोलनमा सब मिलेर जाउ । काँग्रेस, एमाले कम्युनिष्ट सबै मिलेर पंचायत ढालौ भन्नेमा थिए । हामीले त्यो बेला हतियार उठाएको भए पुरै धुलोपिठो हुनेथियौ ।

-त्यतिबेला म महासचिव भइसकेको थिए । महासचिव हुनुको नाताले चाबी मेरो हातमा आइसकेको थियो । मैले त्यो चाबी घुमाएर रोकिदिए जनयुद्ध ! त्यसपछि पंचायत ढल्यो । बहुदल आयो । जनताहरू भने सबै कुरा आइसक्यो जस्तो गर्ने हेर्नुहोस । हमीलाई त लागेको थियो यो बहुदलले केहिदिनेवाला छैन, तर जनतालाई लाग्या थिएन ।

– जनताको कुरा एकहदसम्म सहि के छ भने पंचायत ढल्नु त ठिक हो । ३० बर्षदेखिको निरंकुश साशन त ढल्यो । हतियार जम्मा गरेर जनयुद्धको तयारी गरिसक्या नेता फेरी संसदमा भाग लिनुपर्ने भयो । त्यतिबेला पार्टी एकता दक्षिणपन्थीसँग गर्या हो ।

– उहाँहरु अहिले पो क्रान्तिकारी हुनुभयो त त्यो बेला त हामी दक्षिणपन्थी भन्थ्याेैं नि लामा जीहरुलाई । कहाँ क्रान्तिकारी भन्थ्याेैं र ? रुपलालाई जडसुत्रवादी भन्थ्याेैं, मोहन बिक्रमलाई अराजकतावादी देन्थ्याेैं । त्यति गाली गरेकासंग एकता गर्ने प्रस्ताव राखियो । एकता गरियो ।

-उ बेला हामीले ९ वटा सांसद जितियो सांसदबाट भएन यो भएन त्यो भएन भनियो । ५ बर्ष त्यहि झुत्ती खेलियो । त्यसपछि चाँही राज्यले झुट्टा मुद्दा लगाउने दमन गर्ने सुरु गर्यो । हामि स्थापित भइसकेका थियौ । हाम्रो कुरा जनताले सुन्ने पनि भइसकेका थिए । जनताले बुझ्ने पनि भयो अनि त्यसपछि बल्ल जनयुद्ध गरेर जनयुद्ध भएको हो । अहिले साथीहरुले रहर गर्न खोज्या छन् । हुनेवाला छैन । मलाइ थाहा छ नि ! माखो मर्नेवाला छैन ।

-अहिले अब भए भरका कम्युनिष्टसंग एकता गर्ने हो ।भएभरका कम्युनिष्टसंग एकता गर्नुपर्छ । कम्युनिष्ट नाम लियो कि ल एकतामा आउ भन्ने हो । त्यहि भित्र लड्ने हो । को नक्कली हो । को सक्कली हो त्यही थाहा हुन्छ ।

-अहिले तपाइले मनोगतरुपमा नक्कली भनिदिएर हुन्छ ? तमसुक लेखेर हुन्छ ? सिफारिस गरेर तमसुक लेखेर दिएर त हैनस भनेर हुने कुरा हो र ? ल्याउनुपर्यो सबलाई भित्र ल्याउने हो ।

-समाजवादमा जाने त सबैले भनेका छन् । समाजवाद हैन भनेको भए त्यहा गाह्रो पर्छ । समाजवादी क्रान्ति भन्ने जातिलाई किन छोड्ने ? त्यस कारण मेरो कुरा के छ भने साथीहरु आत्तिनुपर्दैन । कहिले काही तपाईहरुलाई केहि तर्क गर्न आएन भने के भनौ के भनौ भयो भने भन्नुहोस । जनताले एकता गर भन्या छ त्यहि भएर सहि छ एकता गर्ने हो ।

बैधानिक जामा पहिर्याएर जनयुद्धलाई स्थापित गर्ने देवकोटा हुन् !

-हिजो जनयुद्धमा जनयुद्धको वैधानिकतालाई निर्माण गर्ने र जनयुद्धलाई स्थापित गर्ने त्यसको अथोरिटीलाई बैधानिक जामा पहिर्याएर जनतामा स्थापित गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने पात्र खिमलाल हो ।

-शान्तिप्रक्रियामा आएपछि पनि अन्तर्राष्ट्रियरुपमा जनयुद्धका उपलब्धिलाई स्थापित गर्ने महत्वपूर्ण पात्र खिमलाल हो । उहाँ आउँदा एउटा ठुलो सन्देश आएको छ भन्ने बिश्वास प्राप्त भएको छ ।

-युद्धकालमा पनि उहाँको मसंग नजिक हुन् नपर्ने केहि कारण नै थिएन । मैले उहाँलाई विश्वास गर्थे, भरोसा गर्थे, कयौं मोडहरुमा बाबुरामजीले भन्दा मैले उहाँलाई माया पनि गर्थे । उहाँलाई अगाडी बढाउने कुरामा मेरो कहिलै कन्जुस्याइँ हुदैनथियो । तर पनि उहाँ जहिलै बाबुरामजीतिरै जनुहुन्थ्यो । यो अनौठो थियो तर त्यसको पटाक्षेप आज भयो ।

बाबुरामको मनसाय ठिक, हिड्ने तरिका बेठिक

बाबुरामजीको मनशाय ठिक होला । राम्रो गर्छु, बिकाश गर्छु, सम्वृद्धि गर्छु भन्ने होला तर उहाँ जसरी हिड्नुभएको छ त्यो गलत छ । त्यो तरिकाले उहाले भनेको ठाउँमा कहिलै पुगिदैन । त्यो तरिकाले हिड्दा उहाँ आफै दलदलमा फस्ने हो ।

-मैले कहिलेकाही भन्छु, उहाँ हिड्न खोज्नु भएको छ । इन्जिन मात्र हिडेर हुदैन । डिब्बा लिएर हिड्नुपर्छ । डिब्बा र सामान सबै छोडेर गएर हुदैन महत्वपूर्ण कुरा त हो इन्जिन हो । तर त्यो भन्दा ठुलो कुरा माल सामान ढुवानी गर्नु हो ।

-जनताबाट माल सामान नलागेर इन्जिन मात्र कुदेर त के अर्थ हुन्छ र ? जनता छोडेर कार्यकर्ता छोडेर आफ्नै रगत पसिनाबाट प्राप्त उपलब्धि छोडेर अर्को केही गर्छु भनेर हुदैन त्यो जस्तो मनोगत र मुर्खता बाहेक अरु केही पनि हुदैन ।

-इतिहासमा बुद्धिजीवीले ठुलै भूमिका त खेल्छन् । ज्ञानविना बुद्धिविना त केहि काम हुदैन । तर बिगार्ने काममा पनि बडो डरलाग्दो तरिकाले भूमिका पनि तिनै बुद्धिजीवीले नै खेल्छन् । कम्युनिष्ट आन्दोलनको इतिहासमा चाहे माक्सले होस्, चाहे लेनिलले होस्, चाहे माओले होस्। जनमत निर्माणको लागि बुद्धिजीवीहरुको भूमिका, बौद्धिकताको भूमिकाविना, ज्ञानविना इतिहास बन्नै सक्दैन भन्ने कुरालाई पनि प्रचुररुपमा जोडदार ढंगले भन्नु भएको छ ।

-फेरी बुद्धिजीवीमा पाइने अवसरबाद ब्यक्तिबाद महत्वाकांक्षा आन्तकेन्द्रित ब्यक्तिबाद चरम हुन्छ । यो संसारमा म जत्तिको कोही जन्मेकै छैन भन्ने ठान्ने कुरा जति खतरनाक पनि अरु केही हैन भनेर ठोक्नसम्म ठोक्ने काम पनि माक्सवादले नै गर्या छ ।

-मैले जहिले पनि बाबुरामलाई तपाई कित्ता कता हो छुट्याउनुहोस् भने। तपाईजनताको कित्तामा कि, इतिहास निर्माण जनता कार्यकर्ताहरुले गर्ने हो भन्ने कुरामा कि ? संसार महापुरुषहरुले, अलौकिक व्यक्तिहरुले बनाउने हो, विद्धानहरुले बनाउने हो भन्ने कित्तामा हो ? भनेर मेरो जहिले पनि उहाँसंग बहस त्यहीमा केन्द्रित भएको छ ।

बाबुरामप्रति मेरो कुनै घृणा छैन, लाज नमानी फर्किनुहोस्

-बाबुरामजीप्रति मेरो कुनै पनि घृणा छैन । घृणा भएको भए मैले २५ बर्षसम्म उहाँलाई झेलेर, बोकेर हिड्न सम्भब नै थिएन । तर जव उहाँले आफ्नो कित्ता यता हैन उता हो भन्न थाल्नुभयो त्यसपछि उहाँ जानुभयो । म गएको त हैन । त्यसकारण म उहाँलाई लाज नमानिकन अफ्ठ्यारो नमानिकन फर्किन अनुरोध गर्दछु ।

बाबुरामजीलाई अलि कति लाज लाग्छ । अफ्ठ्यारो लाग्छ । लाज मान्नु पर्दैन । आफ्नै साथीहरु हजारौ, लाखौ साथीहरुसँग आउन किन अफ्ठ्यारो मान्नुपर्यो ? कता हो कता जानुभाछ । बिचरा अहिले चाही.. हा हा हा हा कहाँ हो कहाँ ? त्यो ठाउँ भन्दा यही ठाउँ रमाइलो छ । तपाईलाई माया गर्ने मान्छे यहि छन् । तपाईलाई अगाडी बढाउन चाहने मान्छे पनि यहि छन् । त्यसैले पुनर्मिलनमा आउन अपिल गर्दछु ।

देबेन्द्र पनि खिमलाल जस्तै हो

देबेन्द्र पनि खिमलालजस्तै हुनुहुन्थ्यो । म जहिले पनि उहाँलाई बिस्वास गर्न खोज्ने, अगाडी बढाउन खोज्ने । उहाँ भने जहिले पनि बाबुरामतिरै जाने। उहाँले पनि अहिले त बाबुरामलाई छोडेर यतै आउनुभयो ।

मैले एउटा बीबीसीको अन्तर्वार्तामा भनेको थिए । साथीहरुलाई थाहा छ होला । मैले त बाबुरामलाई २५ बर्ष झेले, अब साथीहरुले १-२ बर्ष झेलेको हेर्न मन छ । हासोको फोहोरा ह ह हा हा हा ही ही ही ..

हेर्नुहोस् भिडियो

 

Loading...