तमिलहरुले संघर्ष बढाएपछि सरकारद्वारा संकटकाल घोषणा

काठमाडौं । श्रीलंका सरकारले संकलकाल घोषणा गरेको छ । मस्जिदमाथि हमलाको श्रृङ्खला बढेपछि सरकारले संकटकाल घोषणा गरेको हो।

श्रीलंकामा पछिल्लो समय बौद्ध र मुस्लिमबीचको झडपले उग्र रुप लिएको छ । क्याडी शहरवाट सुरु भएको हो यो विवादले उग्र रुप लिएको हो । ट्राफिक सिग्नलवाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिमहरुले एक बौद्ध धर्मालम्बीलाई पिटीपिटी मारिदिएका थिए । त्यसपछि बौद्ध धर्मालम्बीहरु पनि अाक्रोसित भए । उनीहरुले मुस्लिमको पसल जलाइदिए भने मंगलवार एक मुस्लिम युवकको जलेको लास भेटियो ।

सरकारले एलटीटीलाई दमन गरेर सखाप पारेपनि तिनै तमिलहरु सक्रिय बताइएको छ । कतिपय जानकारका अनुसार बौद्धसँग विवाद गर्ने तमिल छुट्टै राज्यको लागि लड्‍ने तमिल नभएको बताउँछन् ।

Loading...