भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय, दोस्रो पटक राष्ट्रपति बन्‍ने पक्का

काठमाडौं, २३ फागुन । नेकपा एमालेले मध्यरात राष्ट्रपतिबारे निर्णय गरेको छ । एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति उम्मेदवारका अाकांक्षी वरिष्ठ नेता झलनाथ खनाललाई लोप्पा खुवाउँदै मध्यराती सम्पन्‍न स्थायी समिति बैठकबाट सो निर्णय गरेको हो ।

नेता खनालले शितल निवास छिर्ने अाशा गरेपनि एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष पुष्पकमल दाहाल भण्डारीलाई नै पुनः दोहोर्‍याउनेमा सहमत भइसकेका थिए ।

एमालेको यो निर्णयसँगै भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति बन्‍ने पक्कापक्की भएको छ । यही २९ गते राष्ट्रपतिको चुनाव हुँदैछ । अाज (बुधबार) उम्मेदवारी दर्ता गर्ने समय हो ।

राष्ट्रपतिको लागि प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले मतदाता हुनेछन् । यसमा एमाले-माके गठबन्धनको स्पष्ट बहुमत छ ।

भण्डारीलाई पुनः दोहोर्‍याउने पछि नेता खनालले राति नै अाफू निकट नेताहरुसँग छलफल गरेका छन् । पार्टीलाई अाफू खुशी प्रयोग गर्ने प्रवृति बढेको निष्कर्ष निकालेको छ ।

Loading...