सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्यहरु

कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा छन् । तिनै लेनिनले ‘संसद खसीकाे टाउकाे झुन्ड्याएर कुकुरकाे मासु बेच्ने थलाे’ भनेर परिभाषित गरेका थिए । अाइतबार नयाँ बानेश्वरस्थित संघीय संसदकाे प्रतिनिधिसभाकाे बैठकमा देखिएका केही दृष्यले भने त्याे व्याख्या वा परिभाषालार्इ सम्झायाे ।

नयाँ सं‌विधान लागु भएपछि निर्वाचित पहिलाे संसद बैठकमा अनाैठा अनाैठा दृष्य देखिए  । अाइतबार निर्वाचित सांसदहरुलार्इ सपथ गराउन संघीय संसदकाे तल्लाे सदनमा अायाेजित समाराेहमा समानान्तर सरकार संरचना जस्तै बनाउने घाेषणा गरेकाे नेपाली कांग्रेसका सांसदहरुले सबैलार्इ चकित पार्नेगरी अाफ्ना नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रति सम्मान गरे । कुनै भव्य अतिथि वा नेता वा गुरु कक्षा काेठामा प्रवेश गर्दा विद्यार्थीहरुले सम्मान गरेजस्तै कांग्रेसका सांसदहरुले देउवा संसदकाे बैठक कक्षभित्र प्रवेश गर्दा उठेर सम्मान व्यक्त गरे । 

नेपाली कांग्रेसभित्र देउवालार्इ पराजित गर्न ठूलाे समूह लागि परेकाे छ । पछिल्लाे निर्वाचन प्रक्रियामा पार्टीकाे पराजयमा उनकै हात रहेकाे भन्दै उनलार्इ विस्थापित गर्ने प्रयत्न भइरहेकाे छ । उनलार्इ अब संसदीय दलकाे नेता पनि हुन नदिने स्थिति छ । तर, एकाएक संसदकाे पहिलाे बैठकमा कांग्रेसका सबै सभासदहरुले एकमतले देउवाका लागि उठेर सम्मान भाव देखाएपछि याे उनीप्रतिकाे सम्मान हाे वा उनलार्इ व्यङ्ग्य हानिएकाे हाे भन्ने चर्चा चलेकाे छ । वा अबकाे संसदमा कांग्रेसले अाफ्नै छुट्‍टै कुनै नीति अनुसार काम गर्न खाेजेकाे छ भन्ने सन्देश दिन गरिएकाे हाे भन्ने पनि चर्चा छ । कांग्रेसले वामगठबन्धनले बनाउने मन्त्रिपरिषदलार्इ चुनाैती दिन छाया मन्त्रिपरिषद बनाउने घाेषणा गरिसकेकाे छ । हरेक मन्त्रालयमा एक एक जना मन्त्री ताेक्ने र तिनले छाया सरकार (यसलार्इ अरुले समानान्तर सरकार पनि भनेका छन) चलाउने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले गरिसकेकाे छ । जुन कुरा उनीहरुले भनिरहेकाे प्रजातन्त्र र संसदीय व्यवस्थाकै खिलाफमा छ । उनीहरुले अाफैले जानेकाे मानेकाे व्यवस्थामाथि ठाडै चुनाैती दिन्छ । 

 

 

त्यसैगरी संसदकाे बैठकमा अर्काे राेचक दृष्य थियाे जेष्ठ सदस्यकाे खिचातानी । त्याे पनि याे नयाँ संविधानकाे अहिले पनि विराेध गरिरहेका मधेशी दलका नेताहरुबीच । मधेशी दलमा पनि नयाँ संविधानकाे चर्काे विराेध गर्ने नेताहरुले भरिपूर्ण राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यस्ताे चल्याे । राजपाका नेताहरु महेन्द्र राय यादव र महन्थ ठाकुर मध्ये काे जेष्ठ हाे भन्ने चर्चा निकै चल्याे । नागरिकतामा उल्लेखित मिति अनुसार महेन्द्र राय यादव जेष्ठ ठहरिए । तर, पार्टीभित्रै पनि जानीमानी अाएका जेष्ठ नेता थिए- महन्थ ठाकुर । जसका कारण केही समय यी दुर्इमध्ये कसले सांसदहरुलार्इ सपथ खुवाउने भन्ने विवाद देखियाे । अाइतबारकाे बैठकमा अाइपुग्दा यादव ब्याक हटे । महन्थ ठाकुरले सांसदहरुलार्इ सपथ खुवाए । समाराेहमा महेन्द्र राय यादव उपस्थित नै भएनन् ।

महेन्द्र राय यादवको नागरिकता र वास्तविक उमेर फरक परेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएपछि उनी अन्तिम समयमा रोकिएकाे बताइएकाे छ । प्रम अाेलीले आइतबार बिहान बालुवाटारमा साढे एक घण्टा कुराकानी गरी ज्येष्ठ सदस्यको शपथ लिन प्रस्ताव ठाकुरलार्इ गरेका थिए। धेरै गलफती गर्दै अन्तत: केही शर्तमा महन्थ ज्येष्ठ सदस्यको हैसियतमा शपथ खान राजी बनेको बताइएकाे छ । यहाँनेर अब महेन्द्र राय यादवकाे नागरिकता सच्चिन्छ या सच्चिदैन भन्ने प्रश्न उठ्छ । यदि उनकाे उमेर यही कायम हुन्छ भने उनले वास्तविकतालार्इ ताेडमराेड गरेर अाजसम्म राज्यबाट सेवा सुविधा लिँदै अाएकाे छन भन्ने पनि देखाउँछ । जुन कुरा नक्कली हुन जान्छ । नक्कली गर्नेमाथि राज्यले कारवाही गर्छ या गर्दैन ? यदि त्याे हाेइन यही जन्ममिति कायम हुन्छ भने उनलार्इ जवरजस्त किन बन्चित गराइयाे ?

महन्थ ठाकुरले सांसदहरुलार्इ सपथ खुवाइरहँदा धेरैले यही नयाँ संविधान जारी हुन लाग्दा उनकै नेतृत्वमा चलेकाे मधेश अान्दाेलन र भारतीय नाकाबन्दीले देशमा ल्याएकाे संकटकाे सम्झना गरे । नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए- ठाकुर। अहिले पनि महन्थ ठाकुर याे संविधान संसाेधन गराए मात्र मान्ने भनिरहेका छन् । तर, कुनै माैका अाए अाफ्नैबीच हानथाप गरेर अघि सर्ने प्रवृति राजपाका नेताहरुमा छ भन्ने याे घटनाले देखायाे ।

अाइतबारकाे संसद बैठकमा अर्काे राेचक दृष्य देखियाे । निर्वाचनको तीन महिनापछि प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिए। अाअाफ्नाे मातृभाषामा सपथ लिएका सांसदहरु अाअाफ्नै जातीय पहिचान दिने पहिरनमा समेत सजिएर सांसद बैठक छिरे । अनि सपथ लिँदा पनि अाअाफ्नै भाषामा उनीहरुले सपथ लिए । उनीहरु एक हुन चाहेकाे देखिएन । अथवा एउटा साझा मापदण्ड नमान्ने संकेत उनीहरुले गरे । जुन कुराले याे संसदमा अागामी दिनमा के हुन्छ भन्ने कुराकाे संकेत गर्छ । त्याे केवल सांस्कृतिक विविधताकाे कुरा कदापी थिएन । त्यसमा अराजकताकाे संकेत नै थियाे ।

त्याे दृष्यले यस्ताे देखाउँथ्याे कि याे राज्यकाे नीति निर्माण गर्ने उच्च चेतना, उच्च बुझार्इ भएकाे प्रतिनिधिसभाकाे बैठक हाेइन कि याे त कुनै मेला हाे जहाँ हरेक मान्छे अाफ्नाे सांस्कृतिक पहिचान प्रस्तुत गर्न जम्मा भएका छन् । उनीहरु अाअाफ्ना सांस्कृतिक झाँकीहरुकाे प्रस्तुति दिन तम्तयार भएका छन् । उनीहरु रमार्इलाे गर्न र अाफ्नाे दम्भ देखाउन मात्र त्यहाँ सहभागी भएकाे भान हुन्थ्याे । किनकि उनीहरुले संसद भवनमा पहिरिएकाे पहिरन संसद भवनबाट निस्केर अाफ्नाे निवास पुग्ने बित्तिकै बदलिहाले ।  फेरि प्रतिनिधि सभा जस्ताे ठाउँमा त्यस खालकाे जडता देखिनु राम्राे हाेइन । जुन ठाउँमा तर्कपूर्ण रुपमा जनताका कुराहरु उठान गर्नु राम्राे हुन्छ । नेपालकाे भाषिक, सांस्कृतिक विविधतालार्इ संविधान, कानुन, नीति, नियम, कार्यक्रममा सम्वाेधन गराउन सक्नु बढी उपलब्धीपूर्ण र अर्थपूर्ण हुन्छ । नत्र त्याे रमार्इलाे मेलामै सीमित हुन्छ । संसदकाे सुरुवातले केही नेता र दलले यसलार्इ भव्यता र गाैरवतापूर्वक प्रस्तुत गर्न खाेजे पनि याे यस्तै रमार्इलाेमा नै बित्ने संकेत गरेकाे छ । 

वास्तवमा जब मानिसकाे बुझाइ प्रष्ट हुन्छ र त्यसलार्इ बाेध गर्ने उच्च चेतना हुन्छ, तब त्यसैकाे सिकाे गरेर बसिरहँदैन । त्यसलार्इ सुनिश्चित गराउन लाग्दछ । पक्कै पनि भाषा र संस्कृति भुलिनु हुँदैन । त्यसकाे निकै धेरै महत्व छ । पहिचान मात्र हाेइन, त्यसकाे एेतिहासिक महत्व पनि छ । तर, अाइतबारकाे संसद बैठक र यस्ता अरु अवसरहरुमा राजनीतिक नेता र कार्यकर्ताहरुले जसरी त्यसकाे प्रयाेग र प्रदर्शन गरिरहेका छन्, त्याे केवल ढाेङ मात्र हाे । कि त उनीहरु मजाकका रुपमा याे गरिरहेका छन कि त अाफ्नाे विसुद्ध स्वार्थ पूरा गर्ने हतियारका रुपमा । खास पहिचानलार्इ स्थापित गर्ने हाेइन कि मजाकका रुपमा र स्वार्थका लागि यसकाे प्रयाेग गर्नु भनेकाे त्यसप्रति अपमान हाे । अर्काेतिर यसमा हठ पनि देखिन्छ ।   

त्यसैगरी पहिलाे पटक संसद भवनभित्र छिरेका धेरै सांसदहरु निकै उत्सुकताका साथ दृष्यपान गरिरहेका थिए । अधिकांश सांसदहरु सेल्फीमा ब्यस्त थिए । उनीहरु कतिबेला बैठकमा अाफू बसिरहेकाे सेल्फीमा उतार्दै थिए त कतिबेला बैठककाे भिडियाे रेकर्ड अाफ्नाे माेवाइलमा कैद गरिरहेका थिए । कतिले त फाेटाे तत्कालै सामाजिक सञ्जालमा पाेष्ट समेत गर्न भ्याए । 

त्यसैगरी नेपाल प्रहरीकाे सर्वाधिक खाेजि गरिएका तर सबैलार्इ अाश्चर्यचकित पार्दै संसद भवनमा सपथ लिन पुगेका पूर्व डिअाइजी नवराज सिलवाल पनि यसपटकका सेलिब्रिटी जस्तै भए । उनीसँग फाेटाे खिच्न धेरै सांसदहरु हानथाप नै गरेकाे देखियाे । सांसदहरु मात्र नभइ बाहिर अाउँदा पत्रकारहरु पनि उनीसँग सेल्फी लिन हतार गरेकाे दृष्य पनि यसपटक देखियाे । 

 

Loading...