मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित

काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ ।

खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष स्थान कायमै राखेको छ ।

मेसीले करिव २५ यार्ड टाढाबाट देब्रे खुट्टाले प्रहार गरेको फ्रि किक क्राउलिङ गरेर पोष्टको कुनाबाट छिरेर जाली चुमेको थियो । यो गोललाई पनि दुर्लभ गोल मानिएको छ ।

मेसीका लागि पनि यो गोल एक कोशेढुंगा मानिएको छ । उनको यो ६०० औ करिअर गोल भएको बताइएको छ । खेल अवधिभर बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि चर्को दवाव कायम राखेको थियो ।

त्यसैगरी ला लिगाको यो सिजनमा बार्सिलोनाको यो ३४ औ अपराजित खेल हो । बार्साले अझै ११ गेम खेल्न बाँकी छ । त्यसैगरी एटलेटिको म्याड्रिडका लागि पनि यो पहिलो पराजय हो ।

Loading...