सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल

काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ । 

नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै नेता-कार्यकर्तालाई सरकारले विना कारण गिरफ्तार गरेर हिरासतमा राखेको छ । 

संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले शैक्षिक हड्ताल गरेर पढाइ राेक्ने अाफूहरुकाे कुनै उद्देेश्य नभएकाे तर सरकारले नै यस्ताे परिस्थिति पैदा गरेकाे बताएका छन् । उनले प्रधानमन्त्री केपी अाेली र उनी मातहतका नेता तथा सरकारका कर्मचारीहरु जानी जानी यस्ताे भिडन्तकाे परिस्थिति निम्त्याउँदै गइरहेकाे बताए । 

अध्यक्ष सिंहले अाफूहरु संगठनकाे राष्ट्रिय सम्मेलनकाे तयारी गरिरहेकाे तर सरकारले अाफ्ना थुप्रै नेता कार्यकर्तालार्इ विनाकारण गिरफ्तार गर्ने र लामाे समय हिरासतमा राख्ने, काेठामा खानतलासी गरेर परिवारका सदस्यलार्इ अातंकित पार्ने जस्ताे अमानवीय कार्य गरिरहेकाे भन्दै अाक्राेश व्यक्त गरे ।

अखिल क्रान्तिकारीले सरकारले गरेका यस्ता अमानवीय तथा दमनकारी क्रियाकलापकाे भण्डाफाेर गर्ने बताउँदै सम्पूर्ण अधिकारकर्मीहरुलार्इ अावाज उठाइदिन अाग्रह गरेकाे छ । सरकार अाफै यस्ताे परिस्थिति निम्त्याएर देेशलार्इ द्वन्द्वतिर धकेल्न थालेकाे भन्दै यसकाे परिणाम राम्राे नहुने पनि अखिल क्रान्तिकारीकाे चेतावनी छ । 

अखिल क्रान्तिकारीले यही फागुन २७ देखि ३० गतेसम्म दाङमा राष्ट्रिय सम्मेलनको अायाेजना गरेकाे छ । सम्मेलनकाे पूर्व सन्ध्यामा देशभर थुप्रै कार्यकर्ताहरु गिरफ्तार भएपछि त्यसकाे विराेधमा चरणबद्ध कार्यक्रमहरु घाेषणा अखिल क्रान्तिकारीले गरेकाे थियाे । जसअनुसार फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रिया र २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । यसपछि पनि सरकारले अाफ्ना नेता कार्यकर्ता नछाडे अझ कडा संघर्षका कार्यक्रममा जाने घाेषणा पनि क्रान्तिकारीले गरेकाे छ । 

सरकारले क्रान्तिकारीका महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको हात्तीसारबाट गिरफ्तार गरी कमलपोखरीस्थित प्रहरी वृतमा राखेको छ । त्यस्तै सुर्खेत र बैतडीबाट समेत तीन-तीन जना विद्‍यार्थी नेताहरुलाई गिरफ्तार गरेको छ । नेता चलाउनेलाई गिरफ्तार गरेपछि प्रहरीले उनको कोठामा समेत खानतलासी गरेर राति नाबक छोरा र भाईलाई मानसिक यातना समेत दिएको थियो ।

Loading...