चलचित्र शत्रु गतेको ट्रेलर आयो

काठमाडाैं । बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत ९ गतेबाट प्रदर्शन हुने फिल्मको कमेडी ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा ‘रूपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत समावेश छन् । नायक पल शाह पहाडिया युवक र अभिनेत्री आँचल शर्मा मधेसी युवतीको भूमिका देख्न पाइनेछन् ।

फिल्ममा पहिलोपटक अभिनेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा देखिनेछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बनाइएको छ । फिल्ममा हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला अभिनीत छिन् ।

Loading...