कर्णालीको प्रदेश सभाले बनायो चार समिति

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ ।

११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट प्रकाश ज्वाला, दल रावल र मीना रखाल, माओवादीबाट धर्मराज रेग्मी, कांग्रेसबाट दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र राप्रपाबाट सोसिला शाही सदस्य रहेका छन् ।

समितिले प्रदेश सभामा सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विधायन तथा प्रदेश मामिला समिति बन्नेछन् । अब बस्ने प्रदेश सभाको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी गरिएको मस्यौदा समिति संयोजक सीता नेपालीले बताइन् ।

प्रदेश सभाको बैठकको मिति नतोकिएकाले २६ फागुनभित्रै सभामुखलाई प्रतिवेदन बुझाइनेछ । सरकारले ‘बिजेनस’ दिन नसक्दा प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

Loading...