ला लिगामा बार्सिलोना लास पाल्माससँग बराबरीमा रोकियो

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको २१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । तर लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँड्यो । तर, दोस्रो हाफको सुरुवातमै लास पाल्मास खेलमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा जोनाथन काल्लेरीले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ – १ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै बार्सिलोनाले २६ खेलबाट ६६ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंकले अघि रहेको छ। लास पाल्मास भने २० अंक जोडेर लिगको पुछारबाट तेस्रो स्थानमा छ ।

स्पेनिस ला लिगा अन्तर्गत नै बिहिबार राती लेभान्टेले अलाभेसलाई १–० ले हराएको छ। यस्तै रियल बेटिस र रियल सोसिडाडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

Loading...