उपेन्द्रले एमालेपछिको दोस्रो बरियतासहित माकेभन्दा बढी पावर मागे

काठमाडाैं, १९ फागुन । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ।

दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन्। फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो।

यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राखे पनि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन्। ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, यादवले भनेका छन्। एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने छलफलले आइतबारसम्म सरकारले पूर्णता पाउने बताए। ‘संविधान संशोधनमा एमाले ओपन छ’, ज्ञवालीले भने।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकासनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए।

Loading...