प्रम केपीलार्इ मधेश पाइला टेके दुर्व्यवहार गर्ने राजपाको चेतावनी

काठमाडाैं, १९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओली तराई/मधेस झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् ।

रिर्पोटर्स क्लबले शुक्रबार आयोजित कार्यक्रममा नेता सुमानले संविधान नै विभेदपूर्ण रहेकाले प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताए । ‘अहिले मधेसको भू–भागमा प्रधानमन्त्री गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’, उनले भने, ‘देशको पूरै सुरक्षा फोर्स लिएर गएपनि मधेसमा वर्तमान प्रधानमन्त्री केपी ओलीको उपस्थिति हुन सक्दैन ।’

संविधान नै विभेदपूर्ण रहेकाले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो । ‘राजपा र फोरम दुवै मधेसका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि फरक पर्दैन’, उनले भने, ‘या यो सरकारको पुरै शक्ति लगाए पनि संविधान संशोधन नहुन्जेल मधेसमा उपस्थिति हुँदैन ।’

सुमनले आफूहरुसँग अहिलेको सरकारले गम्भीर वार्ता नगरेको पनि गुनासो पोखे । उपेन्द्र यादवलाई मधेशको विद्वानको संज्ञा दिँदै उनले ठीकठीक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए ।

Loading...