सिटी एक्सप्रेस र साउदीको बैंक अल बिलाद एन्जाजले सुरु गरे संयुक्त रेमिट्यान्स सेवा

काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुले अब सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साउदी अरबको प्रसिद्ध बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएपछि यो सेवा अझ सजिलो भएको हो ।

अब एन्जाज सर्भिस सेन्टरका १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।

दुई संस्थाबीच हालै सेवा सुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौता हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरी सेवाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा अल बिलाद बैंकका प्रमुखले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरु मा सिटी एक्सप्रेससँग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने बताए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ वर्षदेखि विश्वभरी आफ्नो सेवा प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेसले हाल ५५०० भन्दा बढी रेमिट एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Loading...