संकटकालको झल्को दिने गरी न्यायालयको आदेश उल्लंघन गर्दै अदालतको गेटबाटै समातिए पूर्वमन्त्री रार्इ

बिराटनगर, १६ फागुन । माओवादी नेता राम बहादुर थापा ‘वादल’ गृहमन्त्री भएकै बेला जनयुद्धको झल्को आउने गरी मंगलबार एउटा घटना घट्यो । अझ सरकारले हिजो सँगै सहयात्रा गरिरहेका बादलकै सहकर्मीमाथि यस्तो ब्यबहार गरेर जनयुद्धको झल्को दिने घटना घटाएको छ ।

गत फागुन ६ गते विना कारण प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई अदालतले थुना मुक्त गर्न आदेश दिएर रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरेर यस्तो झल्को दिएको हो ।

मंगलवार उच्च अदालत बिराटनगरले थुना मुक्त गर्न आदेश दिएका नेकपाका नेता राईलाई प्रहरीले जनयुद्धको झल्को दिने गरि अदालतले छोडेको केहि मिनेटमै अदालत परिसरबाटै पुनः प्रकाउ गरेको छ ।

फागुन ६ गते राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेता सुदर्शन र पोलिटब्युरो सदस्य पदम राईसहित सयौं नेताहरु कार्यकर्ताहरुमाथि दमन, धरपकड र गिरफ्तार गरेको थियो ।

राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न बिराटनगर जाँदै गर्दा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बिराटनगरको थुनामा रहेका नेताद्वयलाई आज उच्च अदालत बिराटनगरको आदेशले थुना मुक्त भएका थिए ।

उच्च अदालत विराटनगरका न्यायधिश द्वय उमेश प्रसाद पुडासैनी र ऋषि राम दवाडीसमेतको संयुक्त इजलासले नेताहरुलाई रिहा गर्न आदेश देइको थियो। उक्त मुद्धामा बरिष्ट अधिवक्ता एकराज भण्डारी र अधिवक्ता हरि फुयालले बहस गरेका थिए।

अदालतले थुना मुक्त गर्न आदेश दिएपनि भोजपुरमा अर्को मुद्दा रहेको भन्दै प्रहरीले पदम राईलाई आजै फेरी अदालत हाताभित्रबाटै पक्राउ गरेको हो । शान्तिपुर्ण सभामा सहभागिता जनाउन जाँदा गिरफ्तार भएका दुवै जना नेताहरुको तर्फबाट अम्बिका ओलिले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सुदर्शन लगायतका नेता कार्यकर्तालाई केपी ओली सरकारले गिरफ्तार गरेपछि  नेकपा महासचिव विप्लवले कडा सब्दमा बिरोध गरेका थिए ।

युवाको सम्मेलनमाथि प्रहरीले बिना कारण आपराधिक शैलीमा हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा नेकपाले फागुन ८ गते नेपाल बन्द समेत गरेको थियो ।

पछिल्लोसमय एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि व्यापक धरपकड, दमन र गिरफ्तारी बढाएकाे छ ।

यस्तै नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीक महसचिव दिपेन्द्र चलाउनेलाई संगठनको कामको सिलसिलामा रहेका बेला प्रहरीले गत ११ गते काठमाडौंको हात्तिसारबाट गिरफ्तार गरेको थियो ।

Loading...