विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित गिरफ्तार

काठमाडौं, १३ फागुन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारी राजदिप शाक्य घुस सहित पक्राउ परेका हुन् । 

पक्राउ परेका राजदीप शाक्य भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा करारमा कार्यरत नायव सुव्बा पदमा कार्यरत थिए । उनलार्इ आइतबार बेलुका अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले पक्राउ गरेको हो ।

अनाैठाे त याे भेटियाे कि शाखा अधिकृतबाट अवकास भएका ती कर्मचारी फेरि करारमा नासु तहमा जागिर खाइरहेका भेटिए । उनी यसअघि शाखा अधिकृतबाट अवकाशप्राप्त उनी करारमा कार्यरत थिए । यसले अझै यहाँ अरु कति जना मानिसहरु यसरी नै अवकास लिएर फेरि करारमा जागिर खाइरहेका छन भन्ने प्रश्न पनि उठेकाे छ । 

शाक्यले बिदेशबाट आयात भएको ५६/५६ लाखको दरले भन्सार बुझाएको दुई कन्साइन्मेन्टको दुई टन चाँदी विमानस्थलबाट बाहिर लैजान कानूनी प्रक्रिया पूरा गर्ने क्रममा प्रति कन्साइन्मेन्टको २५ हजारको दरले घुस लिएको सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए।

Loading...