केपीको पोइल जाने प्रचण्डले कारवाही गर्नु हास्यास्पद : लोकेन्द्र विष्ट

रुकुम, १३ फागुन । माओवादी नेता लोकेन्द्र विष्टमगरले माओवादी केन्द्र एमालेका पोईल गएको बताएका छन् । पूर्वपर्यटनमन्त्री विष्टले जनयुद्धको कमाण्डर एमालेमा पोइल गएर माओवादी केन्द्रको अस्तित्व समाप्त पारेको बताए ।

नेपका माओवादी केन्द्र पार्टी अस्तित्वमा नरहेकोले कारवाही गर्नुको कुनै अर्थ नभएको बताए । ‘पार्टीनै रहेन, हामीलाई के गर्‍यो खै, पार्टी नै समाप्त भएपछि कारवाही गर्नेको कुनै तुक छैन्’ विष्टले भने ।

गोपाल किराती र विश्वभक्त दुलाल र अाफू एमालेमा विजय हुने माओवादी केन्द्रको निर्णयमा सहभागी नभएको बताए । किराती र अाहुती नयाँ पार्टी निर्माणमा जुटेको तर अाफूा भने कुनै पार्टीमा अावद्ध नभएको समेत दाबी गरे ।

एक संचारमाध्यमसँगको कुराकानीमा नेता विष्टले क्रान्तिकारी छवि भएको पार्टीमा अाफ्नो समर्थन र अावद्धता रहने बताउँदै अगाडि भने, ‘म अहिले नै कुनै पार्टीमा आवद्ध भएको छैन् । तर कान्तिकारी छबी भएका राजनीतिक दलमा मेरो आवद्धता र समर्थन हुनसक्छ ।’ विष्टले राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टीमा अाफू लाग्ने बताए । ने

विष्ट २०३६ सालदेखि माओवादी अान्दोलनमा सहभागी छन‍् । जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्य समेत रहेका नेता विष्टले पार्टीले अाफ्नो वर्ग छोडेको भन्दै केही समयदेखि निष्कृय छन् ।

Loading...