दमनपूर्ण नीति लिएको भन्दै सरकार विस्तार नगर्दै प्रम केपी ओली देशभर पुत्ला दहन

काठमाडौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ ।

चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् ।

पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा पनि केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको हो । स्याङ्जाको मायाटारि बजारमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

यसैगरी सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।

Loading...