नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ ।

प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य दुई छोरा कोपिला विश्वकर्मा र अमर विश्वकर्मा याेद्धा जनयुद्धमा सहिद भएको थिए । त्यसैगरी छाेरी गाेरी गाेरिकला विश्वकर्मा मानुषीकाे पनि पार्टी अान्दाेलनकै क्रममा दुर्इ वर्ष अघि मात्र मृत्यु भएकाे थियाे ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डकी अामाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Loading...