पम्फाले गृहमन्त्री दाबी गरेपछि बादल महातनावमा, पम्फा पहिलो महिला गृहमन्त्री हुने सम्भावना

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ ।

गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । वरिष्ठ नेता रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत, गिरिराजमणी पोखरेल, मात्रिका यादव, लेखराज भट्टसहित नेताहरु गृहको दौडमा छन् ।

थापाले गृहसहित सरकारमा पार्टीबाट नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् । पुनले यसअघि अर्थमन्त्री हुँदा राम्रो काम गरेको र गृहमा पनि नयाँ गरेर देखाउन दाबी गर्छन् । त्यस्तै शर्मा यसअघि देउवा सरकारमा गृहमन्त्री थिए । आफूले अगाडि सारेका केही कामहरु पूरा नभएको भन्दै शर्माले आफू पुनः गृहमन्त्री हुनुपर्ने बताउँदै आएका छन् । रायमाझी पार्टीको वरिष्ठतका आधार आफूले गृह पाउनु पर्ने भन्दै लविङ गरिरहेका छन् ।

सयअघि स्वास्थ्य र शिक्षामन्त्री हुँदा पार्टीले जस पाउने गरी काम गरेको भन्दै पोखरेलले गृहको दाबी गरिरहेका छन् । मात्रिका यादवले मधेस र भट्टले सुदूरपश्चिमको मनोविज्ञानको जोड्न पनि आफू गृहमन्त्री हुन पाउनु पर्ने अध्यक्ष दाहालसँग दाबी गरिरहेका छन् ।

त्यसैगरी पम्फा भुसालले महिला गृहमन्त्री बन्नुपर्ने भन्दै लविङ सुरु गरेकी छन् । आफू गृहमन्त्री भए महिला हिंसाका साथै सम्पूर्ण अपराधलाई नियन्त्रण गर्न सक्ने भन्दै पार्टीभित्र एउटा समूह नै बनाएर लविङमा लागेको स्रोतको दाबी छ । पार्टीभित्रका सबै महिला नेतृहरु भुसालको पक्षमा लविङ गरिरहेकी छन् ।

पार्टीकी प्रवक्ता समेत रहेकी नेतृ भुसालले गृहको दाबी गरेपछि संगठन विभाग प्रमुख थापा संकटमा परेका छन् । भुसालले जबरजस्त लविङ गरेपछि थापा संकटमा पुगेका हुन् । यसअघि थापाले आफू निकटका केही नेताहरुलाई फोन गरेरै आफू गृहसहित सरकारमा जाने टुंगो लागेको बताएका थिए । थापाले दौरा–सुरवाल सिलाई सकेको बताइएको छ ।

नेता थापाले आफूले गृह नपाउने अवस्थामा नेतृ भुसाललाई प्रस्ताव गरेका छन् । अहिले पनि पहिले आफ्नै लागि कुरा चलाईरहेका छन् तर कुनै कारण नभए भुसाललाई समर्थन गर्ने सम्भवना बढेको छ । उता पुनले गृह नपाए सरकारमै नजाने धम्की दिन थालेका छन् ।

अध्यक्ष दाहालले गृहमा आफ्नो आदेश मान्ने पात्रलाई नै लिन चाहेको बताइन्छ । नेता थापा दाहालको हुबहु आदेश नमान्ने स्वाभवका छन् । त्यसैले उनी गृहमन्त्री हुने सम्भवना अरुको भन्दा कम छ । त्यस्तै शक्तिकेन्द्रहरुले पनि थापालाई नरुचाएको बताइन्छ ।

प्रतिस्पर्धामा आएका नेताहरुबीच कुरा नमिले दाहालले त्यो घेराभन्दा बाहिरबाट गृहमन्त्री छान्न सक्ने बताइन्छ । त्यस्तो अवस्थामा देव गुरुङ, अग्नि सापकोटा उचित पात्र हुन सक्ने स्रोत बताउँछ ।

Loading...