तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए

बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे । भारतकाे गाेवामा नै प्रहरीले उनलार्इ गिरफ्तार गरेकाे हल्ला चलिरहेका बेला अाज एकाएक भिडन्तमा मारिएकाे खबर अाएपछि यसका बारेमा सन्देह पैदा भएकाे छ । प्रहरीले फेरि अर्काे नक्कली इन्काउन्टर बनाएर पुनलार्इ मारेकाे हाे कि भन्ने प्रश्न उठेकाे छ । रुपन्देहीमा मनाेज समातिएकाे हल्ला तीन दिन अघिदेखि चलेकाे भए पनि प्रहरीले भने त्यसबारे केही बताएकाे थिएन । चन्दा असुलीका लागि नियमित फोन गर्ने पुनको झण्डै एक सातादेखि रुपन्देहीमा फोन आएको थिएन । तर, बुधबार बिहानै मनोज पुन प्रहरी मुठभेडमा मारिएको खबर भाइरल बन्यो ।

पुन अाज बिहान साढे ३ बजे नै देवदहमा मारिएकाे प्रहरी दावी छ । उनलार्इ १२ वटा गाेली लागेका छन् । त्यसैगरी उनका सहयाेगी साेम अालेलार्इ ८ वटा गाेली लागेका छन् । दुबै जना एउटै बाइकमा बिहानै कतै निस्कन लागेका बेला प्रहरीकाे घेरामा परेकाे र उनीहरुले प्रहरीमाथि गाेली चलाएपछि भिडन्त भएकाे प्रहरीकाे भनार्इ छ ।

रुपन्देहीको देवदह नगरपालिका-५ का २९ वर्षीय मनोज रुपन्देहीमा भएका दुई ठूला हत्याको जिम्मेवारी र काठमाडौंका निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्ना देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान प्रहरीले उनकाे व्यापक खोजी जारी गरेको थियो । प्रहरीले भने पुन रुपन्देहीमै रहेको र अर्को विभत्स हत्याको योजना गराउँदै गरेको जानकारी पाएपछि देवदह र त्यस आसपासमा प्रहरी परिचालन गरिएको जनाएकाे छ । खोज्दै जाने क्रममा बुधबार बिहानै जम्काभेट भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनले भने ‘हाम्रो टोली खोज्दै गइरहेको थियो, उनीहरु दुवै जना एउटै बाइकमा आउँदै रहेछन् । प्रहरीलाई फाइरिङ गरेपछि जवाफी कारवाहीमा उनीहरु दुवै घाइते भएका हुन् ।’ उपचारका लागि अञ्चल अस्पताल बुटवल ल्याउँदै गर्दा दुवैको मृत्यु भएको उनले बताए ।

पुनलाई छातीको तल, माथि र पेटमा मात्र ८ गोली लागेको छ । हात, खुट्टा, पछाडि गरी १२ गोली लागेको छ । अधिकांश गोली नजिकैबाट प्रहार भएका छन् । त्यस्तै उनीसँगै मारिएका आलेलाई छातीमा मात्र ५ गोली लागेको छ । ढाड, कोख र खुट्टामा गरी १० गोली प्रहार भएको छ । दुवै जना देवदह नगरपालिका-४ भवानीपुरमा मारिएका हुन् । ‘उनी मनोज पुनका नजिकका सहयोगी र सार्प सुटर हुन्,’ एसपी ज्ञवालीले भने । प्रहरीका अनुसार साढे ३ बजेको समयमा गोली चलेको थियो । अञ्चल अस्पतालले साढे ५ बजे मात्र मृत्यु घोषणा गरेको थियो ।

पुनले आर्थिक लेनदेन र राजनीतिक प्रतिशोधकै कारण २०७३ पुषमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको देवदहमै हत्या गरिएको थियो । त्यसपछि पुन अपराधमा चर्चामा आए । त्यसको ठिक १ वर्षपछि २०७४ पुषमै देवदहमै आफ्नै साथी बसन्त पौडेल ‘बलु’ माथि गोली प्रहार गरी हत्या गरियो । दुवै हत्यामा उनले फोनबाटै जिम्मेवारी लिए । तिवारी र पौडेल युथ फोर्समा हुँदा पुनका नजिकका साथी हुन् । मनोजले भारतमै बसेर रुपन्देहीका आफ्नो राजनीतिक यात्रामा अवरोध गर्ने र चन्दा नदिने व्यवसायी र साथीलाई फोनबाटै धम्की दिने र हुण्डी मार्फत रकम असुली गर्दै आएका थिए ।

को हुन मनोज पुन ?

रुपन्देहीको देवदह नगरपालिका ५ निवासी मनोज पुनको वास्तविक नाम मनोज बुढा मगर हो । पूर्व-पश्चिम राजमार्गको देवदह चोकबाट ४ सय मिटरको दुरीमा उनको एक तले घर छ । सामान्य आर्थिक अवस्था भएका पुनले स्थानीय केरवानी माविमा एसएलसीसम्म मात्र पढेका हुन् । पढाईमा राम्रै रहेका उनी एसएलसी लगत्तै माओवादीको वाइसिएलमा लागे ।

वाइसिएलमा ढुंगा, गिटी बालुवाको ठेक्कापट्टामा राम्रो आम्दानी नदेखेपछि अरु ठुला ठेक्कापट्टा र गुण्डागर्दीको उद्देश्य सहित एमालेको युथ फोर्समा प्रवेश गरेर क्षेत्रीय कोषाध्यक्ष बने ।

आपराधिक र गुण्डागर्दी व्यवहार बढी भएपछि उनी युथफोर्सबाट कारवाहीमा परे । त्यसले स्थानीय युवासँग द्वन्द्व बढ्यो । द्वन्द्वमा उनी कमजोर बने । युवा समूहमा उनको बाहुल्यता हुन नसकेपछि स्थानीय भित्रै उनी विद्रोही र आपराधिक मानसिकतामा लागे । ठेक्कापट्टामा लागेको झण्डै ११ वर्षमा उनले आफ्नो राम्रै हैसियत बनाए । तर घर परिवारमा त्यो देखाएका छैनन् ।

उनका बाबु भारतीय पूर्व सैनिक हुन् । एक दाजु, दुई दिदी बहिनी, श्रीमती र ४ वर्षीय छोरी छन् । श्रीमतीले स्थानीय मनि ट्रान्सफर पसलमा काम गर्दै आएकी थिइन् । तर त्यो पनि केही महिना अघि छोडेकी हुन् । घर र माईती नजिकै भएपनि श्रीमती छोरी र ससुरासँगै घरमै छन् । स्थानीय पदम ढुंगानाले उनले आफ्नै साथीभाईलाई बढी धम्की र दु:ख दिने गरेको बताए । ‘बाहिरको थाहा भएन,’ उनले भने, ‘देवदहमा हामी बढी मनोजको टार्गेटमै थियौं ।’

अर्का छिमेकी दिपक ज्ञवालीका अनुसार लामो समयदेखि चन्दा असुली र हत्यामा संलग्न देखिए पनि उनको देवदहमा देखिने गरी आर्थिक परिवर्तन छैन ।

Loading...