केपी अाेलीप्रति विप्लवकाे कडा चेतावनी, गिरफ्तार नेताहरू रिहा नगरे कडा अान्दोलन

नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमनप्रति कडा प्रतिक्रिया जनाएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे ।

सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै महासचिव विप्लवले यस्ताे अराजनीतिक दमनपूर्ण चरित्र बन्द गर्न माग गरेका छन् । गिरफ्तार नेता कार्यकर्तालाई तत्काल विनाशर्त रिहा गर्न माग गर्दै रिहा नगरेमा केपी अाेलीका विरुद्ध कडा संघर्ष सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।

महासचिव विप्लवले एक बिज्ञप्ति जारी गर्दै ओली सरकारको यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको बताएका छन् । 

राष्ट्रिय युवा जनस्वयमसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका स्थायी समिति सदस्य  सुदर्शन, पीबीएम पदम राई लगायतका सयाैं बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले सोधपुछ भन्दै गिरफ्तार गरेको छ ।

अाेली र रार्इसहित २ सय बढि नेता कार्यकर्ताहरू अझै रिहा भएका छैनन् । केहिलार्इ भने छाडिएकाे छ ।

यस्ताे छ प्रेस विज्ञप्ती

आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयमसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो ।

विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगायत दर्जनौं युवा कमरेडहरुलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नाङ्गो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ ।

आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शर्त मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यहीबाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।

यदि ओली सरकारले हाम्रो आग्रहलार्इ वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्यायप्रेमी जनतालाई राज्य आतङ्क विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।

विप्लव
महासचिव
मितिः–२०७४ फागुन ६ गते

Loading...