नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ७ जना नेता गिरफ्तार

काठमाडौं, ६ फागुन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ गिरफ्तार गरेकाे छ । नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जनालार्इ प्रहरीले अाज विराटनगरमा गिरफ्तार गरेकाे हाे ।

अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु हुन लागेकाे थियाे । सम्मेलन सुरु हुनै लाग्दा प्रहरीले सम्मेलनमाथि हस्तक्षेप गरी नेताहरुलार्इ गिरफ्तार गरेकाे हाे । गिरफ्तार पर्नेमा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपक रहेका छन ।

बिराटनगरकोको राजवंशी चोकबाट उनीहरूलार्इ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

यसैबीच नेकपाले शान्तिपूर्ण रुपमा भइरहेकाे अाफ्नाे युवा संगठनकाे राष्ट्रिय सम्मेलनमाथि हस्तक्षेप गरेकाे र स्थायी समिति सदस्य र पाेलिटब्यूराे सदस्यसहित नेता कार्यकर्तालार्इ विनाकारण गिरफ्तार गरेकाे भन्दै अापत्ती जनाएकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले केपी अाेली सरकारमा अाउने बित्तिकै यस खालकाे गिरफ्तारीका श्रृङ्खला सुरु गरिनु निन्दनीय रहेकाे बताएका छन् । उनले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै युवाकाे राष्ट्रिय सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न हुन दिन र गिरफ्तार नेताहरुलार्इ तत्काल रिहा गर्न माग गरेका छन् । रिहा नगरिएका अाेली सरकारले नराम्राे मुल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । 

Loading...