काठमाडौँमा भएको आगलागीमा एकको जलेर मृत्यु

काठमाडौं, ५ फागुन । काठमाडौँको लगन टोलमा आगलागी हुँदा एक जनाकाे जलेर मृत्यु भएको छ । साथै दुईवटा घरकाे अधिकांश भाग जलेर नस्ट भएकाे छ ।

शनिबार बिहान साढे ३.३० बजेतिर कामनपा १२  वडाकावासी अमृत रञ्जीतको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी अष्टनारायण महर्जनको घरमा समेत क्षति पुर्याएकाे हाे । 

धुलिखेल नगरपालिका ६ स्थायी घर भइ  सपपरिवार पूरै घर भाडामा लिएर रंजितको घरमा भाडामा बस्दै आएका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको छ । उनका छोरा ४२ बर्षिय प्रविण श्रेष्ठ भाग्ने क्रममा जलेर घाइते भएका छन् ।

जीवनकाजी प्यारालाइसिसका बिरामी थिए । घरमा आगो लागेकाे थाहा पाएपछि बुवालाई बाहिर निकाल्ने कोशिस गरे पनि नसकेको छाेरा प्रविणले बताए ।

आगलागी भएको सो घरमा पटक पटक गरी दुर्इ वटा ग्यास सिलिन्डर बिस्फाेट भएको थियो । बाक्लो वस्ती र साँघुरा गल्लीमा काठमाडौँ जुद्ध बारुण यन्त्र पाटन, भक्तपुर बारुण यन्त्र, जनपथ र सशस्त्र प्रहरीकाे टाेली र हनुमानढोका स्थित रण भैरब गणमा कार्यरत नेपाली सेनाको टाेलीले गरेकाे ३ घण्टाको प्रयासले आगो नियन्त्रणमा आएको छ ।

घटना स्थानमा खटिएका जनसेवा प्रहरी प्रभागका प्रमुख टेकुनन्द ईवा लिम्बुले जीवनकाजीको शव निकै मुस्किलले फेला पार्न सकेको बताए ।

हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

फोटो : बुद्ध शरण शाही

Loading...