कटवालले भने, ‘प्रचण्ड महा कुराैटे र भराैटे हुन, उनलार्इ पेलेर लानुपर्छ’

काठमाडौँ, ५ फागुन । नेपाली सेनाको पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले केही दिन पहिला एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले आएर भाइरल भएको छ । नेपाली सेना राजनीतिक भन्दा टाढा भएको संस्था हो तर कटवाल पदमा बहाल हुँदा नै राजनीतिक अभिव्यक्ति दिँदै आएका थिए ।

विभिन्न संचारमाध्यम र सार्वजनिक कार्यक्रममा कटवाल नेताहरुप्रति कडा टिप्पणी गर्दै आएका छन् । उनले माओवादी नेताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न आरोप लगाउँदै आएका छन् । त्यसमा पनि विशेषगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको त झन् खेदो नै खन्छन् । उनले कतिपय ठाउँ र मंचमा नामै लिएर गाली गर्छन् त कतिपय अवस्थामा घुमाउरो रुपमा राजनीतिक भाषामा गाली गर्दै आएका छन् ।

पूर्वप्रधानसेनापति कटवालले अहिलेको राजनीतिक व्यवस्थाविरुद्ध पनि अभिव्यक्ति दिँदै आएका छन् । उनले गणतन्त्र पक्षधर सबै दलहरुलाई गाली गर्छन् त्यसमा सबैभन्दा बढी माओवादीलाई प्रहार गर्छन् ।

नेपाल राज्य र समाज, परम्परा इत्यादी एउटा ठूलो चौबाटोमा बताउँदै गएर बसिरहेको बताउँदै कटवालले त्यसले आफ्नो गन्तव्य पहिल्याउन सकेको नसकेको बताएका छन् । उनले २१ औं शताब्दीमा नेपाल कसरी चिनिने भन्ने ठूलो प्रश्नचिन्ह खडा भएर बसिरहेको बताए । नेपालको हित र जनताको लागि राजसंस्था अपरिहार्य भएको कटवालले बताए ।

कटवालले संघीयताबारे पनि बोलेका छन् । उनले धेरै खर्चालु व्यवस्था भएको बताउँदै संघीयताप्रति असहमति जनाए । राष्ट्रको अर्थतन्त्रले संघीयताले धान्न नसक्ने तर्क गरे । उनले घुमारो भाषामा माओवादीले देश विगारेको बताए । माओवादी नेताहरुलाई काइते,कुरौटे भरौटे भन्दै निषेध गरेर अगाडि बढ्नु पर्ने बताए ।

नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकता नगरेरै सरकार गठन गरेकोले निषेध गरेरै अगाडि बढ्ने सम्भावना रहेको बेला कटवालका भनाई भाइरल भएको हो ।

Loading...