इन्टरनेटका कारण पछिल्लो समय बालबालिका साइबर कुलतबाट नराम्ररी प्रभावित

काठमाडौं, ५ फागुन । तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् ।

सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ ।

साइबरविज्ञ हिमाल ओझाका अनुसार मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने केटाकेटीको आनीबानीमा विशेष ध्यान दिनुपर्छ, अभिभावकले । ‘इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ’, उनले भने, ‘इन्टरनेट सुविधा प्रयोग गर्न नजाने कुलतमा फसिन्छ ।

इन्टरनेटप्रेमी बालबालिकालाई साइबर अपराधीहरूले प्रलोभनमा पारी आर्थिक आयआर्जनको माध्यम बनाउने, यौनजन्य क्रियाकलापमा संलग्न गराउने र अपहरण गरी जीवन नै संकटमा पार्ने गरेको जानकारी उनले दिए ।

नेपालमा सामाजिक सञ्जाल र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र बलात्कार तथा अपहरण गर्ने जस्ता समस्या देखिएको उनले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख नायब महानिरीक्षक पुष्कर कार्कीले आफ्ना छोराछोरीका क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने बताए। उनले इन्टरनेट र सामाजिक सञ्जाल दुरुपयोग गर्ने कार्यबाट बालबालिकालाई टाढै राख्नुपर्ने बताए ।

Loading...