प्रदेशका मुख्यमन्त्रीदेखि अन्य पदाधिकारीलार्इ यस्तो आकर्षक सुविधा

काठमाडौं, ५ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

प्रदेश पदाधिकारीको सुविधा

मुख्यमन्त्री

तलब :६०९७०

फर्निचर :१५०००

धारा, सञ्चार : बिलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता : २५ सय

सवारीसाधन

मन्त्री

तलब : ५२०००

फर्निचर :१५ हजार

धारा, बिजुली र सञ्चार : बिलअनुसार

आवास : मासिक १२ हजार, दैनिक भ्रमण भत्ता : २ हजार

सवारीसाधन

सभामुख

तलब : ५३ हजार

फर्निचर : १५ हजार

बैठक भत्ता : ७५०

यात्रा बिमा : १० लाख

विपक्षी दलका नेता/उपसभामुख

तलब : ५० हजार

बैठक भत्ता : ७५०

सञ्चार सुविधा : मासिक १५ सय

आवास सुविधा : मासिक १२ हजार

फर्निचर :१५ हजार

यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब :४५ हजार

आवास सुविधा :१२ हजार,

फर्निचर सुविधा १५ हजार पाँच

यात्रा बिमा १० लाख

Loading...