युराेपा लिगमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी

काठमाडौँ, ४ फागुन । युराेपा लिगमा गए रातिका खेलमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।

राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३-० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३-२ ले पराजित गरेको छ ।

ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-० ले तथा पोर्चुगलको स्पोर्टिङ्ले काजखस्तानको एफसी अस्टानालाई ३-१ ले हराएको छ । स्पेनिस क्लवहरु एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई ४-१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रुसको स्पार्टा मस्कोलाई ३-१ ले पाखा लगाएको छ ।

फ्रेन्च क्लवहरु मार्सेले पोर्चुगलको ब्रागालाई ३-० ले तथा लियोंले स्पेनको भियारियाललाई ३-१ ले पराजित गरेको छ । स्कटल्याण्डको सेल्टिकले रुसको जेनिथलाई १-० ले, जर्मनीको आरबी लेप्जीगले ईटालीको नापोलीलाई ३-१ ले तथा रोमानियाको स्टावा बुकारेष्टले ईटालीको लाजियोलाई १-० ले पराजित गरेको हो ।

Loading...