प्रचण्डलार्इ केपीले भन्दा माधव नेपालले बढी धोका दिए

काठमाडाैं, ४ फागुन । पार्टी एकताको मौखिक सहमति गरेर चुनावमा सँगै गएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको एकता अन्तिम चरणमा पुगेर ब्रेक लागेका छ । एकतापछि बन्ने पार्टीले जनताको बहुदलीय जनवाद मान्ने र नमान्ने विषयमा कुरा मिलेको छैन । माओवादी केन्द्र माओवाद र २१ औं शताब्दीको जनवादलाई परित्याग गर्न तयार भए पनि एमालेले जबज छोड्न नमान्दा एकतामा ब्रेक लागेको हो ।

चुनावमा ६० र ४०, प्रदेश सरकारमा ७० र ३० को भागबण्डा गर्दै केन्द्रीय सरकार पार्टी एकतामा जुटेका दुबै पार्टीका नेताहरु बुधाबार दिउँसोसम्म निकै उत्साहित थिए । त्यो भन्दा पहिलो एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष प्रचण्डबीच भएका एकत वार्ता पनि निकै सकारात्मक थिए । तर, निर्णय भनिएको एकता संयोजन समितिको बैठकमा एमाले नेता माधव कुमार नेपालले जबजबारे नयाँ अडान दोहोर्याएपछि वार्ता भाडिएको माओवादी केन्द्रको नेताहरुले सार्वजनिक रुपमै भन्न थालेका छन् ।

विहीबार पार्टी एकताबारे टुंगो नलागेको भन्दै माओवादी केन्द्रले सरकारमा मन्त्री नै पठाएन । आकस्मिक बैठक बसेर पार्टी एकताबारे टुंगो नलागेसम्म सरकारमा नजाने निर्णय गरेको छ । अघिल्लो साँझसम्म पार्टी र सरकारको नेतृत्व आलोपालो गर्नेमा मोटामोटी भएको सहमतिबाट निकै उत्साहित भएका माओवादी केन्द्रका नेताहरु एकाएक थला परेका छन् ।

विहीबारको आकस्मिक बैठकमा अध्यक्ष प्रचण्डले नेता नेपालले धोका दिएको संकेत गरे । एक नेताका अनुसार प्रचण्डले बैठकमा सबै कुरा मिलेको तर अन्तिममा नेता नेपालले जबजबारे नयाँ बखेडा झिकेका कारण सहमतिमा हस्ताक्षर हुन नसकेको जानकारी गराएका थिए । प्रचण्डले एकताबारे टुंगो नलागेसम्म सरकारमा नजाने प्रस्ताव गरेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेता नेपाललाई संकेत गर्दै फेरि धोका हुन सक्ने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ‘एमालेभित्र फेरि विष वृक्ष पलाउन थालेको छ ।’

पहिलो संविधान सभामा नेता नेपाललाई सभासद् बनाएर गल्ती गरेको बताँउदै प्रचण्डले अाफूले विष वृक्ष रोपेरको भन्दै सार्वजनिक रुपमा अात्मालोचना समेत गरेका थिए ।

माओवादी केन्द्रले सरकारमा मन्त्रीको नाम नपठाउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले अाफ्नै पार्टीका दुई जना मन्त्री नियुक्त गरेर तीन सदस्यीय मन्त्रिमण्ड बनाएका छन् ।

अाज एकताबारे दुबै पार्टीका नेताहरुबीच छलफल हुने भनिएपनि एमाले सरकार गठनमा व्यस्त रहेन भएका कारण नहुन सक्ने सम्भावना छ ।

एमालेमा ओली र नेता नेपालबीच बढेको सामिप्यताले अब एकताले प्राथमिकता नपाउन पनि सक्ने विश्लेषण सुरु भएको छ ।

किन पछि हटे नेपाल ?

पार्टी एकताको सुरुदेखि नेता नेपाल माके अध्यक्ष प्रचण्डसँग नजिक थिए । अाफ्नै पार्टी अध्यक्षले अाफूसँग जानकारी नदिएर एकता सम्बन्धी छलफल गरेको भन्दै नेपालले अनसन्तुष्टि पोख्दै अाएका थिए । उनले अाफूले अरुबाट जानकारी लिइरहेको संचारमाध्यमहरुमै बताउँदै अाएका थिए । ओलीसँग भएका गोप्य वार्ताबारे प्रचण्डले नेता नेपाललाई जानकारी गराउँदै अाएका थिए । प्रचण्डले नेपाललको निकै विश्वार गरेका थिए ।

पार्टी एकता नहुँदै प्रचण्ड र नेपालबीच गुट बनेको सार्वजनिक पनि भएको थियो । एमाले र माकेका कार्यकर्ताहरुले पनि एकतापछि प्रचण्ड-नेपालसहित बामदेव गौतम र झलनाथ खनाल मिलेर एउटा समूह बनेर ओलीलाई चुनौती दिने बताइएको थियो । केही समयसम्म ओली पनि झस्केका थिए । एकता ढिलो हुनुको कारण नै यसलाई बनाइएको थियो तर अन्तिममा अाएर त्यसको उल्टो भयो । जे ओलीले चाहेका थिए त्यही भयो ।

एकतापछि ओली र प्रचण्ड मात्रै भावी हुने भन्‍ने डर नेपाललाई थियो । पार्टी र सरकारको अालोपालो पनि ओली र प्रचण्डले मात्रै गर्ने भनिएपछि नेता नेपाल पनि झस्केका थिए । एकीकृत पार्टीमा दुबै अध्यक्षको मात्रै व्यवस्थापनको कुरा चल्यो र अाफू छायाँमा पर्ने डरले नेपालले जबजको बखेडा झिकेर एकता भाँडेको अारोप माके नेताहरुले लगाउन सुरु गरेका छन् ।

Loading...