क्यानडामाथि महत्वपूर्ण जितपछि नेपाल विश्वकप छनौटमा पुग्यो

काठमाडाैं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा गर या मरकाे अवस्थामा रहेकाे नेपालले राेमाञ्चक म्याचमा क्यानडालार्इ पराजित गरेकाे छ ।

अन्तिम ब्याट्सम्यानका रूपमा रहेका करण केसी र सुन्दीप लामिछानेले अविजीत रहँदै नेपाललार्इ एक विकेटकाे जित दिलाए ।

क्यानडालार्इ जितेसँगै नेपाल शीर्ष स्थानमा पुगेकाे छ भने विश्वकप छनाेटका लागि छानिएकाे छ । एक समय पराजयकाे सम्मुख पुगेकाे नेपाललार्इ करण केसीले बचाए । अाक्रामक क्रिकेट खेलेका उनले ४ छक्का र ३ चाैकाकाे मद्दतले ३१ बलमा ४२ रन बनाए । मुख्य ब्याट्सम्यानहरू सस्तैमा अाउट भएकाे खेलमा करणले नाटकीय इनिङ खेले ।

Loading...