देउवाले राजीनामा दिँदादिदै ओलीको ‘इन्ट्री’

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रम देउवाले राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएको  राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी गराए ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिएका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै  राजीनामाको घोषणा गरेका थिए ।

सम्बोधन उनले आफूले तीनै तहको निर्वाचन सम्पन्न गरेर प्रमुख कार्यभार पूरा गरेको बताएका छन् ।

 

यसैबीच शेरबहादुर देउवाको राजीनामा संगै राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार बेलुकी सपथ लिने तयारी भएको बताइएको छ ।

Loading...